×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

निर्विकल्प निजगढ विमानस्थल

१८ मंसिर २०७७

१८ मंसिर, काठमाडौँ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया शुरु त भयो तर विवादरहित भने हुन सकेन । झण्डै २५ वर्षसम्मको अन्योल चिर्दै अन्ततः सरकार यो आयोजना अघि बढाउने निष्कर्षमा पुग्यो । मुलुकको गौरव र समृद्धिसँग जोडिएको निजगढ विमानस्थल निर्माणले गति लिने सङ्केतसँगै अवरोधका आवाज भने बढिरहे । विशेषगरी वातावरणसँग जोडिएका विषयहरु नागरिकका तर्फबाट बढी तरङ्गित भएका हुन् ।

विमानस्थल निर्माणका लागि रुख कटानको विषयमा शुरुमै विवाद उत्पन्न भयो । आयोजनाले प्रारम्भिक काम शुरु गर्नुअघि नै रुख कटानको विषयलाई लिएर बहस चुलियो । केही वातावरणविद्ले उक्त बहसलाई जोडबलले उठाइदिए । विमानस्थल निर्माण कसैको इच्छा र चाहनाका लागि नभई देशको आवश्यकता र राष्ट्रिय स्वार्थसँग जोडिएको विषय हो भन्ने पक्षबाट शुरुमै कुराको उठान हुन सकेन, बरु बढी मात्रामा विवाद उत्पन्न गर्ने काम मात्र भयो । वातावरणीय क्षति कमभन्दा कम गरेर भए पनि विमानस्थल बन्नुको विकल्प छैन भन्ने विषय अहिले आएर भने महसुस भएको छ । यसरी अहिले आएर निजगढ विमानस्थल अन्तर्राष्ट्रिय समुदायको पनि चासोको विषय बनेको छ ।

कस्ता छन् अन्तर्राष्ट्रिय अभ्यास ?

संसारका विमानस्थल कतिपय वन फडानी, पहाड फोरेर, बस्ती मासेर र समुद्र पुरेरसमेत बनाइएका उदाहरण छन् । पछिल्लो उदाहरणकै रुपमा हेर्ने हो भने टर्कीमा बन्न लागेको ‘इस्तनबुल न्यू एयरपोर्ट’ मा पनि शुरुमा हाम्रोजस्तै विवाद उब्जिएको थियो । विश्वकै ठूलो दाबी गरिएको यो विमानस्थल बनाउन २५ लाख रुख काट्नुपर्ने थियो । शुरुमा वातावरणसँग सम्बन्धित प्रश्न उठाइए पनि पछि भने रुख कटान गरेर निर्माण काम थालिएको छ ।

छिमेकी मुलुक भारतको मुम्बइमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘नाभी इन्टरनेशनल एयरपोर्ट’ बन्दैछ । उक्त विमानस्थल निर्माणको काम थाल्ने भनेपछि सन् १९९७ देखि नै विवाद शुरु भएको थियो । लामो समयको विवादपछि तीन वर्षअघि मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थलको शिलान्यास गरेका थिए । सो विमानस्थल निर्माणका लागि एउटा डाँडो पूरै सम्याउनुपर्ने र नदी फर्काएर सिमसार क्षेत्र छोप्नुपर्ने छ । त्यस्तै माल्दिभ्सले समुद्र पुरेर नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बनाएको छ । हङकङले अहिले विमानस्थल विस्तारका लागि समुद्र पुरेर खर्बौँ डलर खर्चेर नयाँ धावनमार्ग बनाउँदैछ । थाइल्याण्डको बैङ्ककमा पनि सिमसार मिचेर विमानस्थल बनाइएको हो । जापानको ओसाका विमानस्थल निर्माण गर्दा कान्साइको एउटा पूरै पहाड काटेर समुद्र पुरेर पहाडमा बस्ती बनाइएको छ ।

नेपालको सन्दर्भमा निजगढ विमानस्थलले केही जङ्गललाई असर गर्ने हो तर हल्ला गरेजस्तो पहाडै खस्ने, प्रलय हुने होइन । विमानस्थलका लागि आवश्यक पर्ने मात्र रुख कटानी हो । करिब २४ लाख रुख काट्ने र वातावरण ध्वस्त हुने भन्ने तर्क असान्दर्भिक हो । पूर्वाधारविद् डा.सूर्यराज आचार्यको भनाइमा संसारका कुनै पनि विमानस्थलले या प्राकृतिक प्रभाव या त शहरको सामाजिक असर पारेकै हुन्छ ।

विमानस्थलजस्तो अन्तर्राष्ट्रिय प्रवेशमार्ग त्यसै पनि राष्ट्रिय प्राथमिकतामा पर्छ । वातावरणीय प्रभावमा कसरी कमभन्दा कम क्षति गर्ने भन्ने नै हो । अरु देशका उदाहरण हेर्दा जङ्गल या समुद्र मिचेर विमानस्थल बनाएका छन् । “निजगढको वातावरणीय हल्ला असान्दर्भिक हो, त्यसैले विकास र वातावरणको चासो भनेको निजगढलाई तारो बनाउने होइन । ठीक ठाउँमा जङ्गल संरक्षणको बहस चलाउनुपर्छ । तर अहिले निजगढको सन्दर्भमा जुन ढङ्गले बहस चलाइयो असान्दर्भिक छ”, पूर्वाधारविद् आचार्यले भने । विमानस्थल निर्माणको सन्दर्भमा वातावरणीय सवाल आउनु अस्वभाविक होइन । विकास र वातावरणको सन्तुलन कायम हुनुपर्छ । वातावरण संरक्षणमा हाम्रो स्वार्थलाई प्राथमिकतामा राखेर बहस हुनुपर्छ ।

आचार्यले भने, “विदेशीको आँखामा दक्षिण एशियाकै उत्कृष्ट बन्ने भनेका छन् तर देशभित्रकै विकासविरोधीले भड्काउन खोजेका छन् । म एक इञ्जिनीयरको नाताले भन्छु विमानस्थल र दू्रतमार्ग ३० वर्षअघि नै बन्नुपर्ने थियो ।” विज्ञको विचारमा लोकतन्त्रमा आवाज उठ्नु स्वभाविक हो, तर सबै कुरा सरकारले मान्नुपर्छ रुखै काट्नु हुन्न भन्ने होइन । राष्ट्रिय स्वार्थका मुद्दा बोकेर अन्तर्राष्ट्रिय जगत्मा भ्रम सिर्जना गर्ने काम भइरहेको उनीहरुको तर्क छ ।

विसं २०५० मा सरकारले राष्ट्रिय हवाई नीति जारी ग¥यो । त्यसलाई २०६३ मा पुनर्लेखन गरी नयाँ हवाई नीति आयो । नीतिको छ उद्देश्यमध्ये एउटा सुविधासम्पन्न आधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भन्ने उल्लेख छ । कार्ययोजनामा पनि अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डअनुसार अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनिएको छ ।

त्यसैले विसं २०५० देखि शुरु भएको अभ्यास अहिले २७ वर्षपछि विकास र विवादको बहस बन्नु दुःखद् पक्ष हो भन्छन् क्यानका पूर्वमहानिर्देशक त्रिरन्त मानन्धर । नेपाली तथा विदेशी प्राविधिक विज्ञले विभिन्न स्थानको अवलोकन गरी निजगढलाई उपयुक्त ठहर गरेको र सोहीअनुरुप नेपाल सरकारले पनि विभिन्न प्रक्रिया अघि बढाइसकेको छ । उनले भने– “वातावरणसम्बन्धी कुरालाई सम्बोधन गर्नुपर्छ, त्यसका लागि इआइएको रिपोर्टलाई आत्मसात् गर्नेपर्छ तर विकास नै अवरोध गरिनुहुन्न ।”

निजगढ विमानस्थल विमानस्थलको रूपमा मात्रै यसको महत्व होइन, नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गर्ने महत्व छ । “नेपाल अहिले पनि अन्तर्राष्ट्रिय हवाई सञ्जालबाट अलग्गिएको छ । कहिलेसम्म नयाँदिल्ली, थाइल्याण्डको बैङ्कक र मध्यवर्ती मुलुकमा मात्र केन्द्रित हुने हामीले पनि युरोप, अमेरिकादेखि लामो दूरीको उडान गर्नुपर्ने जरुरी छ”, पूर्वमहानिर्देशक मानन्धरले भने ।

सिङ्गापुर काठमाडौँ उपत्यकाभन्दा केही ठूलो छ, त्यहाँ वार्षिक दुई करोड पर्यटक पुग्छन् । हङकङ नेपालभन्दा १० गुना सानो छ, त्यहाँको सन् २०१७ को तथ्याङ्कअनुसार छ करोडभन्दा बढी पर्यटक वार्षिकरूपमा जाने गरेका छन् । समुद्री पहुँच भएकाले पनि ती मुलुकमा पर्यटक बढेका छन् । तर नेपालमा त्यो सम्भवना छैन । त्यसैले पर्यटक ल्याउने मुख्य आधार भनेको नै विमानस्थल हो ।

क्यानका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजा पनि निजगढ राष्ट्रिय महत्वको विषय भएको बताउँछन् । “नेपालको आर्थिक समृद्धिको दरिलो आधार पर्यटन नै भएकाले यसको प्रवद्र्धनका लागि विमानस्थल र सुरक्षित उडान जरुरी छ”, उनले भने, “हवाई आवागमन बढाउन सुविधासम्पन्न अन्तर्राष्ट्रिय उडान आवश्यक छ, त्यसैले निजगढको विकल्प छैन ।”

निजगढ विमानस्थलको आवश्यकता

हालको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अधिकतम विन्दुमा पुगिसकेको र हाल निर्माणाधीन भैरहवा तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ‘लिमिटेशन’मा छन् । निजगढ विमानस्थ मात्र अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डअनुरुप पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने र ‘ट्रान्जिट हब’ विमानस्थलको रुपमा समेत सञ्चालन गर्न सकिनेछ ।

विज्ञहरुका अनुसार विश्वभर ७० देखि ८० प्रतिशत पर्यटक हवाईमार्ग हुँदै जाने गरेका छन् । निजगढ राजधानी काठमाडौँबाट नजिक छ । अर्कोतर्पm बादल लागेका बेला ‘जिरो भिजीबिलिटी’ मा पनि उडान अवतरण गर्न सकिने नेपालको एयर स्पेस बढ्ने छ । दुवैतर्फबाट सहज उडान अवतरण गर्न सकिन्छ । दुईवटा धावनमार्ग बन्न सक्ने आपत्कालीन उडान गर्न सकिने सबै हिसाबले उपयोगी छ ।

क्यानका पूर्वमहानिर्देशक देउजाले भने, “आवश्यकतानुसार जति रुख पर्छ काट्नुपर्छ तर विमानस्थल घटाउने बढाउने कुरा गरिनुहुन्न । यो आफैंमा अर्थतन्त्रको इञ्जिन हो ।” विमानस्थलको चार किल्ला तोकेको क्षेत्रभित्रका सबै रुख काट्ने भन्ने होइन, धावनमार्गका लागि कति आवश्यक पर्छ त्यति नै रुख काट्ने हो । सही सूचना सम्प्रेषण हुनुपर्यो बढीमा पाँच लाख त्यसमा पनि काम लाग्ने ३० प्रतिशत मात्र रुख हुन्छ ।

वन क्षेत्रको कुरा गर्ने हो भने प्रदेश नं २ को जम्मा भूभागको विमानस्थलले ओगटेको ०.२ प्रतिशत हो र विमानस्थल सिटीसहित ०.८ प्रतिशत वन क्षेत्रले ओगटेको छ । नेपालको जम्मा भूभागमध्ये करिब ४४ प्रतिशत वन क्षेत्र छ । “यो ठूलो भिजनरी परियोजना हो, यसले पूरै देशको अर्थतन्त्रलाई नै कायापलट गर्छ । यस्ता विमानस्थल र द्रूतमार्ग नभइकन देशको विकास सम्भव छैन”, उनले भने ।

काम अघि बढ्यो

क्यानका महानिर्देशक राजन पोखरेलले विभिन्न बहानमा निजगढ अबरुद्ध गर्न नहुने भन्दै विमानस्थल निर्माणको काम अघि बढ्ने उल्लेख गरे । “विमानस्थलका लागि रुख कटान गर्न वन मन्त्रालयलाई पत्राचार गरिएको छ, क्यानले आफ्नो काम अघि बढाउँछ, उठेका सवाललाई किनारा लगाएर जसरी पनि विमानस्थल बन्छ”, उनले भने ।

अन्तर्राष्ट्रिय मापदण्डअनुरुप निजगढ सबै हिसाबले उपयुक्त भएकाले विमानस्थल बनाउन सबै सकारात्मक भएर लाग्नुपर्नेमा उनको जोड छ । निजगढ विमानस्थल मात्र आइकाओ मापदण्डअनुरुप ट्रान्जिट हबको रुपमा समेत सञ्चालन गर्न सकिनेछ ।

कति रुख काट्नुपर्छ ?

क्यानका अनुसार विमानस्थलको जम्मा क्षेत्रफल आठ हजार हेक्टरमध्ये निर्माणको पहिलो चरणमा दुई हजार ५०० हेक्टर क्षेत्रफलमा सात लाख रुख काटिनेछन् । पर्यटन मन्त्रालयका अनुसार पहिलो चरणमा पाँच लाख ७५ हजार साना र एक लाख ९४ हजार ठूला रुख काट्नुपर्ने छ । वातावरणीय परीक्षण प्रतिवेदनअनुसार उक्त आयोजनाका लागि कूल २४ लाख रुख काट्नुपर्ने छ । दोस्रो चरणमा बनाउनुपर्ने अर्को धावनमार्ग र एयरपोर्ट सिटीका लागि आवश्यक उक्त सङ्ख्यामा रुख काट्नुपर्ने प्रतिवेदनमा औँल्याइएको छ ।

निर्माणकार्य द्रूतगतिमा

तिहारलगत्तै विमानस्थल निर्माणको काम द्रूतगतिमा अघि बढ्ने बताइएको थियो । क्यानका निर्देशक इञ्जिनीयर प्रदीप अधिकारीका अनुसार वनको काम टुङ्गो लगाइने छ भने विमानस्थलको गुरुयोजना बनाई विस्तृत अध्ययन शुरु गरिनेछ । क्यानले नेपाली सेनालाई रुख काट्ने र त्यसवरपरको सडक निर्माणको जिम्मा दिइसकेको छ । करिब ११० बिघा जग्गाको मुआब्जा वितरणको काम भइरहेको छ ।

विमानस्थलमा पर्ने एक हजार ४७६ घरधुरीको स्थानान्तरण गर्नुपर्नेछ । तीन हजार ६०० मिटर लामो र ६० मिटर फराकिलो धावनमार्ग हुने विमानस्थल निर्माणपछि वर्षमा ६ करोड यात्रुको चाप थेग्ने छ । निजगढ विमानस्थल निर्माणका लागि पहिलो चरणमा अनुमानित रु एक खर्ब २० करोड लाग्ने जनाइएको छ ।– सिवी अधिकारी/रासस

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top