विराटनगर,जेठ ९ ःसुनसरीको इटहरी १ स्थित बरगाछी होम्स नजिकै पल्टिँदा एक युवकको घट्ना स्थलमै मृत्यु भएको छ । दुर्घटनामा करीब ३० जना घाईते भएका छन् ।
सिराहाबाट धरान तर्फ जाँदै गरेको ना४ ख ४२५८ नम्बरको तिब्र गतिमा आएको बस सडकको यात्रु जोगाउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
स्थानीय प्रत्यक्षदर्शी सबिता बस्नेतले भनिन् “बस तिब्र गतिमा आएको थियो झण्डै मलाई हान्यो उनले भनिन् । बस पल्टीएको देखे यात्रुहरु कराउँन थाले मलाई पनि निकै डर लागीरहेको थियो ।”
दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी छ । करीब तिन दर्जन बढि यात्रुहरु घाईत भएको हुन सक्ने प्रहरीको भनाई छ ।
घाईतेहरुलाई तरहरा स्थित बिदान्त क्लिनिक र धरान स्थित वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर राजन कार्कीले वताए ।
प्रहरीको अनुसार अहिले सम्म १६ जना घाईतेहरुको नाम खुलेको छ ।
अन्य घाईतहरुको नाम संकलन कार्य भईरहेको प्रहरीको भनाई छ ।