२१ मंसिर, काठमाडौं । सेयर बजारमा नेगेटिभ सर्किट लागेर कारोबार समय बाँकी छदै आइतबारको कारोबार स्थगित भएको छ ।
साढे २ नबज्दै सेयर कारोबार मापक नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि आइतबारको कारोबार स्थगन गरिएको हो । ११ बजेदेखि ३ बजेसम्म हुने कारोबारमा पहिलो घण्टा ४ प्रतिशतले, दोस्रो घण्टा ५ प्रतिशत र तेस्रो घण्टा ६ प्रतिशतले घटबढ भएमा सर्किट ब्रेक लाग्ने नियम छ । आइतबार सर्किट ब्रेक लाग्भदासम्म नेप्से परिसूचक ३ दशमलव ३४ अंकले घटेर १९३२ दशमलव ११ अंकमा झरेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ५१ अंकले घटेको छ । कारोबार रकम भने ७ अर्ब नाघेको छ । ८ हजार ८ सय ५८ कारोबारबाट १९७ कम्पनीका १ करोड ५४ लाख ९० हजार कित्ता सेयर किनबेच भएको छ । जसअनुसार कारोबार रकम ७ अर्ब २० करोड ९१ लाख ८० हजार भन्दा धेरै भएको छ ।