शिक्षा आयोगको प्रतिवेदन छाप्ने एनसीई र ग्लोबल एक्सनलाई सरकारले कारबाही गर्ने

२१ मंसिर, काठमाडौं ।

Advertisement

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन प्रकाशन गरेको भन्दै दुई वटा संस्थालाई कारबाही गर्ने भएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) र ग्लोबल एक्सन नेपाललाई शिक्षा मन्त्रालयको नाम र नेपाल सरकारको निशान छाप प्रयोग गरेको भन्दै कारबाही गर्न शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई सिफारिस गरेको हाे।

Advertisement

आइतबार मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा  जारी विज्ञप्तिमा भनिएको छ, ‘अनधिकृत रुपमा उल्लेखित गैह्र–सरकारी संस्थाहरूले यस मन्त्रालयको नाम र नेपाल सरकारको निशान छाप प्रयोग गर्नुका साथै नेपाल सरकारको प्रतिलिपि अधिकारको समेत उल्लंघन गरिएको देखिएको हुँदा यस विषयमा प्रचलित कानुन बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा लेखि पठाइसकिएको छ । ’

यस प्रकारको कार्यमा संलग्न दुई गैर सरकारी संस्थासंग मन्त्रालय र मातहतका निकायले गर्दै आएको सहकार्य आजकै मितिदेखि बिच्छेद गरिएको छ ।यस प्रकारको अनाधिकृत कार्य गर्ने संस्था वा निकायसंग मन्त्रालय र अन्तर्गतका निकायहरुबाट शैक्षिक कार्य गर्न गराउन कुनैपनि प्रकारको सिफारिस नहुने व्यहोरा समेत शिक्षामा संलग्न विकास साझेदार लगायत सबैलाई जानकारी गराइएकाे मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Advertisement

२०७५ सालमा आयोगले बुझाएको प्रतिवेदन सरकारले गोप्य राखेपछि आयोगका बहुमत सदस्यहरूले गत शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यही प्रतिवेदनको प्रिन्ट संस्करण प्रकाशित गरेको भन्दै सरकारले एनसीई र ग्लोबल एक्सनलाई कारबाही गर्न लागेको हो ।

एनसीई र ग्लोबल एक्सनले भने उच्चस्तरीय शिक्षा आयोगका सदस्यहरूको निर्णय र स्वीकृतिमा प्रतिवेदन प्रकाशन भएको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top