×

NEPAL TIMES UPDATES

Playing
दलीय भागबन्डाका नियुक्तिमा बालेनको कैँची, क–कसको जान्छ जागिर ? || Nepal Times
Apr 30, 2026
Playing
बालेन सरकारलाई सुकुम्बासीकै सहयोग,बस्ती खाली गर्न चटारो, कहाँको अवस्था कस्तो छ ? || Nepal Times
Apr 30, 2026
Playing
नेताहरूलाई डण्डा बर्साएर कस्तो कांग्रेस बनाउन खोज्दैछन् गगन ? || Nepal Times
Apr 30, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-17-2083 || Nepal Times
Apr 30, 2026
Playing
मेलामा गएको जिप भयानक दु र्घ ट नामा, १८ जनाको घटनास्थलमै मृ त्यु || Nepal Times
Apr 30, 2026
Playing
के साँच्चै देश बर्बाद भएकै हो ?विदेशिएका नेपालीले बनाउँदैछन् देश || Nepal Times
Apr 30, 2026
Playing
खामेनीले अमेरिकालाई हप्काए, परमाणु र क्षेप्यास्त्रमा सम्झौता नहुने|| Nepal Times
Apr 30, 2026
Playing
द्व*न्द्व, नाका*बन्दी र महँगो ऊर्जाः कता जाँदैछ विश्व बजार?|| Nepal Times
Apr 30, 2026
Playing
६ अध्यादेशमा सहकारी अध्यादेश जारी, ५ वटा होल्ड,रोके सरकारसँग टकराव || Nepal Times
Apr 30, 2026
Playing
सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु || Nepal Times
Apr 30, 2026

विभेदपूर्ण लिङ्ग छनोटको समस्याः गर्भमै मारिन्छन् छोरी

२१ मंसिर २०७७

२१ मंसिर, रुपन्देही ।

लुम्बिनी साँस्कृतिक नगरपालिका– १० महिलवारकी एक महिलाले छोराको चाहनामा तीन पटकसम्म गर्भपतन गराइन् । पहिलो सन्तान छोरी जन्मिएपछि दोस्रोपटक गर्भवती हुँदा उनले भैरहवास्थित मेडिकलमा अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) गराइन् । भु्रणको सन्तान छोरी भएको थाहा पाएपछि उनले गर्भपतन गराइन् । गर्भको शिशु छोरी रहेको थाहा पाएपछि उनी अर्कोपटक पनि गर्भ तुहाउन विवश भइन् । किनकी उनका श्रीमान् र परिवारलाई छोरी चाहिएको थिएन । जसरी हुन्छ छोरा जन्माउन उनलाई दबाब थियो ।

Advertisement
Advertisement

मेडिकलमा पाँचौं पटकमा गर्भ जाँच गर्दा पेटको शिशु छोरा रहेको रिपोर्ट पाइन् । छोराप्रति अति मोह रहेको परिवारमा केही हप्ता, महिना एकखालको खुशी छायो । सायद जाँचको प्राविधिक त्रुटीले होला छोरी जन्मिइन् । “परिवारका सदस्य प्रायः अस्पतालमै थिए, छोरी जन्मेको थाहा पाएपछि जिब्रो टोके । श्रीमान् त मसँग बोल्दा पनि बोल्नुभएन । सुत्केरी व्यथा त छँदैछ, त्यसमाथि छोरी जन्माउनुपर्दाको पीडा थपियो । छोरीप्रतिको परिवारको दृष्टिकोणले मलाई थप पीडा दियो”, उनले दुःखेसो पोखिन् ।

नचाहँदा नचाहँदै पनि छोरी जन्मिएपछि उनले शारीरिक, मानसिक र सामाजिकरुपमा यति पीडा सहनुपर्यो कि, जसको कुनै लेखाजोखा छैन । “न त जेठो छोरीले माया र सम्मान पाएकी छ, न त छोरा भनेर जन्माइएकी छोरीले । परिवारमा उनीहरूको हैसियत देख्दा निकै पीडा हुन्छ”, उनले भनिन् ।

विभेदपूर्ण लिङ्ग छनोट गरी गैरकानूनी तरिकाले पटकपटक गर्भपतन गराएका कारण उनको शारीरिक अवस्था कमजोर छ । उनले भने, “अवसर पाए छोरीले पनि सबै काम गर्न सक्छन् भन्ने थाहा नभएको होइन । तर पारिवारिक दबाबका कारण तीनपटक छोराको चाहनामा गर्भपतन गराउन बाध्य भएँ ।” गर्भपतनकै कारण उनको तल्लो पेट दुखिरहन्छ । दुब्लाएर शरीर पातलो छ । मानसिक तनावका कारण टाउको दुख्ने, रिङ्गटा लाग्ने समस्या छ । उनले १२ कक्षासम्म र उनका श्रीमान्ले स्नातक तहसम्म अध्ययन गरेका छन् । परिवारका अन्य सदस्य पनि शिक्षित नै छन् तर छोराछोरीप्रति समान बुझाइ भने कसैको छैन ।

तिलोत्तमा नगरपालिकाको शङ्करनगर बस्ने अर्की एक महिलाले पनि छोरोको चाहनामा गर्भपतन गराइन् । पहिलो सन्तान छोरी भएका कारण छोरा जन्माउने चाहनामा उनले लिङ्ग छनोट गरी छोरी भएको थाहा पाएपछि गर्भपतन गरिन् । “मेरो श्रीमान् एउटै छोरा भएकाले बंश चलाउन छोरा नै चाहिन्छ भन्ने सासूससुराको दबाब भयो । स्नाकोत्तर पढेको भएर पनि उहाँलाई सम्झाउन सकिन”, श्रीमान्ले साथ दिएको भए मलाई गर्भपतन गराउन मन थिएन । तर उहाँको पनि छोराको चाहना भएकाले गर्भपतन गराउन बाध्य भएँ”, पाण्डेले दुखेसो पोखिन् । परिवारमा सासूको दबाबले गर्दा श्रीमान्ले पनि छोरा चाहिन्छ भन्छन् । पाण्डेका श्रीमान् पेशाले व्यवसायी हुन् । परिवारमा आर्थिक स्थिति पनि राम्रो छ तर छोराछोरी समान हुन् भन्ने बुझाइको कमीले गर्दा यो अवस्था सिर्जना भएको उनको भनाइ छ ।

शर्मा र पाण्डे जस्तै छोराको चाहनामा विभेदपूर्ण लिङ्ग छनोट गर्नेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । पहिलो सन्तान छोरी भएका प्रायः दम्पतीले गर्भ रहनासाथ लिङ्ग परीक्षण गराउने गर्छन् । समाजका शिक्षित परिवारमै पनि लैङ्गिक विभेद कायमै छ । उच्च शिक्षा अध्ययन गरेका दम्पतीले पनि विभेदपूर्ण लिङ्ग परीक्षण गराएको पाइएको छ ।

स्त्री रोग विशेषज्ञ डा.सदीक्षा चापागाईंका अनुसार रोगको निदान र उपचारमा सहयोगी सिद्ध प्रविधि र उपकरण हो– अल्ट्रासाउन्ड । गर्भवतीको परीक्षणका अलावा गर्भाशयमा रहेको शिशुको अवस्था, सम्भावित खतरा र शिशुमा देखिन सक्ने वंशाणुगत गडबडीको परीक्षण गर्न र अन्य रोगको पहिचानका लागि यसको प्रयोग हुन्छ । शिशुको अवस्था पत्ता लगाउन यसको प्रयोग अनिवार्य जस्तै छ । गर्भधारणको निश्चित अवधिपछि अल्ट्रासाउन्डमार्फत भ्रूणको लिङ्ग पहिचान गर्न सकिने भएकाले यो प्रविधि गैरकानूनी गर्भपतन गराउनेको हतियार पनि बन्ने गरेको छ ।

सेवाग्राहीहरूको आग्रह र बाध्यताका कारण बढी पैसा असुल्न पाइने भएकाले भु्रणको लिङ्ग पहिचान गरिदिने र गैरकानूनी गर्भपतन गराइदिने चिकित्सक तथा स्वास्थ्यकर्मीको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको पाइएको छ । त्यस्ता स्वास्थ्यकर्मी र मेडिकलको अनुगमन गरी कुनै कारबाही नहुँदा गलत काम गर्नेहरूले प्रश्रय पाएको पनि डा.चापागाईंको बुझाइ छ ।

छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिने पराम्परागत संस्कारले गर्दा लैङ्गिक विभेदलाई बढावा दिएको छ जसले गर्दा छोराको छनोट बढी भई नवजात शिशु जन्ममा लिङ्ग अनुपात असन्तुलन बढेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको तथ्याङ्कलाई हेर्ने हो भने पनि पछिल्लो वर्षमा महिला शिशुभन्दा जन्मिने सङ्ख्या पुरुष शिशुको बढी छ । आर्थिक वर्ष ०७६/०७७ मा लुम्बिनी प्रादेशिक अस्पतालमा जन्मिएका ११ हजार ३७७ शिशुमध्ये पुरुष पाँच हजार ९८५ र महिला पाँच हजार एक सय ९३ थिए । जसमा १९९ शिशुको मृत्यु भएको थियो । जबकी दुई वर्षअघि ०७४/०७५ मा अस्पतालमा जन्मिएका १० हजार १३६ शिशुमध्ये महिला पाँच हजार ३५७ थिए भने पुरुष चार हजार ७३१ । अस्पतालमा १७४ शिशुको भने मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल रेकर्ड शाखाका पंकज पटेलले जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) का अनुसार नेपालमा सन् २००५ मा १०० नवजात महिला शिशु जन्ममध्ये १०३ नवजात पुरुष शिशु थिए । सन् २०१५ मा यो सङ्ख्या बढेर १०० नवजात महिला शिशु जन्ममध्ये ११० नवजात पुरुष शिशुको जन्म पुगेको थियो ।

यो तथ्याङ्कले विद्यमान लैङ्गिक असमानताका कारण छोरीको अवमूल्यन भइरहेको, प्रजननदर घटिरहेको तथा छोरीभन्दा छोराको चाहाना बढेको हुनाले गर्भपतन गर्ने अभ्यास वृद्धि भइरहेको प्रतिविम्बित गरेको भन्न सकिन्छ । पछिल्लो समय शिशु जन्ममा लिङ्ग अनुपातको असन्तुलन अझै बढ्दै गएको छ ।

नेपालमा महिलाविरुद्धको हिंसाबाट कुनै वर्ग, जातजाति, संस्कृति र राजनीतिसमेत अछुतो छैन । यो पारिवारिक तहदेखि राष्ट्रियस्तरसम्म भेटिन्छ । धार्मिक आस्था र सम्प्र्रदायमा आधारित सामाजिक बनावट, विभेदपूर्ण नीति र कानूनको प्रभावलेसमेत महिला हिंसा बढी संवेदनशील बन्न पुगेको छ ।

लैङ्गिकतामा आधारित हिंसा, लिङ्ग पहिचानको अवस्थादेखि मृत्युपर्यन्त छ, जसका पछाडि शताब्दीयौँदेखि जकडिएको धार्मिक अन्धविश्वास र शक्ति सम्बन्धको विभेदले यसलाई बढी जटिल र संवेदनशील बनाएको छ भन्छिन्, महिलाविरुद्ध हुने विभेद उन्मूलनको राष्ट्रसङ्घीय समिति (सीड) का प्रतिनिधि वन्दना राणा । “लैङ्गिक हिंसा नियन्त्रणका लागि जनचेतना बढाउन जरुरी छ । समाजमा छोराछोरीलाई समान व्यवहार नहुँदासम्म हिंसा रहिरहन्छ”, राणा भन्छिन् । समाजमा छोरीको महत्व बुझाउन सकियो भने विभेदपूर्ण लिङ्ग छनोट रोक्न सकिने उनको भनाइ छ ।

विशेषतःनेपालमा लिङ्ग छनोट, गर्भपतन, गर्भावस्थामा कुटपिट, शिशु अवस्थामा बालिकाको हत्या, शारीरिक दुव्र्यवहार, बालविवाह, यौनछेदन, यौन दुव्र्यवहार, जबर्जस्ती यौन सम्बन्ध, हाडनाता करणी, कार्यस्थलमा यौन दुव्र्यवहार, वैवाहिक बलात्कार, दाइजो र सम्पत्तिको कारण हिंसा÷हत्या, एकल महिला र वृद्ध महिलालाई हेला, भेदभाव जस्ता हिंसा हुने गरेको छ ।

कानूनमा महिलाका पक्षमा थुप्रै व्यवस्था छन् । छोरीलाई पैतृक सम्पत्तिमा समान अधिकारको व्यवस्था, लैङ्गिक भेदभाव विना समान वंशीय हक, सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यसम्बन्धी हक, महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोविज्ञान वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण नगरिने र त्यस्तो कार्य दण्डनीय हुने तथा पीडितले क्षतिपूर्ति पाउने व्यवस्था नेपालको संविधानले गरेको छ तर, यसको व्यवहारिक कार्यान्वयन भने अत्यन्तै फितलो छ ।

सामाजिक विभेदको एउटा मूल कारण लिङ्गका आधारमा महिला र पुरुषलाई भिन्न व्यवहार गरिने प्रचलन हो । महिला र पुरुषलाई गरिने भिन्नै व्यवहार उनीहरूको क्षमतामा आधारित नभइकन स्थितिमा आधारित हुन्छ । त्यो स्थिति आफैमा असमान व्यवहारको परिणाम हो भन्छिन्, अधिवक्ता मीरा ढुङ्गाना । “लिङ्गको पहिचान गरी गर्भपतन गरे गराएमा कानूनी कारवाही हुने व्यवस्था छ तर यो क्रम झनै बढेको छ”, ढुङ्गाना भन्छिन्, “महिलाको प्रजनन् स्वास्थ्य अधिकार सुनिश्चित गर्नकै लागि गर्भपतन गर्न पाउने कानून बनाइएको हो तर यही कानूनले गर्दा महिला नै जन्मन नपाउने अवस्था सिर्जना हुनु दुःखद् हो ।” पारिवारिक इज्जत र प्रतिष्ठाका डरले गर्दा जबर्जस्ती गर्भपतन गराउनु परे पनि यस्ता उजुरी बाहिर नआउने गरेको अधिवक्ता ढुङ्गानाको भनाइ छ ।

विभिन्न संस्थाको अध्ययनको नतिजालाई हेर्दा छोरी जन्मदा तुलनात्मकरुपमा परिवारका सदस्यहरू कम खुशी हुने गरेको देखिएको छ । छोरीको जन्मको खबरले महिलाको श्रीमान््को तुलनामा सासूससुरा खुशी नहुने, छोरा जन्मँदा परिवारले मनाउने उत्सव तथा बाँडिने मिठाइ पनि छोरालाई दिइने महत्वका प्रमाणहरू हुन् ।

सन्तान जन्मनुअघि लिङ्ग पहिचान र विभेदपूर्ण लिङ्ग छनोट भइरहेकाले तराई र पहाडका केही जिल्लाको जनसङ्ख्यामा लैङ्गिक असमानता देखिन थालेको वातावरण, स्वास्थ्य, जनसङ्ख्यासम्बन्धी गतिविधिको अनुसन्धान केन्द्र (कृपा) को तथ्याङ्कमा उल्लेख छ । झण्डै दुई वर्षअघि कृपा र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) ले रुपन्देही, गुल्मी, अर्घाखाँची, पाल्पालगायत १२ जिल्लामा गरेको अनुसन्धानमा एक वर्षमुनिका जनसङ्ख्याको सबैभन्दा बढी लैङ्गिक विभेद अर्घाखाँची जिल्लामा देखिएको थियो । सबैभन्दा कम मकवानपुरमा रहेको थियो । अर्घाखाँचीमा एक वर्ष उमेर समूहका बालबालिकामध्ये १०० बालिकाको अनुपातमा १२७ बालक रहेका छन् ।

छोरी सय जना जन्मँदा छोरा १०५ जना जन्मनुसम्मको अनुपात सामान्य मानिन्छ तर कृपाको अनुसन्धानमा सय जना छोरी जन्मँदा १ सय २७ जनासम्म छोरा जन्मेको पाइएको थियो । नेपालमा गर्भपतन गर्ने अधिकारले कानुनी मान्यता पाएपछि छोरीको गर्भपतन गर्ने दर बढेको हो ।

कृपाले एक हजार ९८० जना आमामा छोराछोरीको चाहनाबारे अनुसन्धान गरेको थियो । अनुसन्धानमा सहभागी ५८ प्रतिशत महिलाले १८ हप्ताको गर्भमै बच्चा छोरा वा छोरी के छ भन्ने जानकारी पाउने गरेको बताएका थिए । सहजै भिडियो एक्स–रे गर्न सकिने सुविधाले पनि लिङ्ग पहिचान र गर्भपतन बढेको छ ।

नेपालको जनगणना २०६८ को तथ्याङ्कले नै लैङ्गिक सन्तुलनको अवस्था खतरामूलक रहेको देखाएको थियो । तथ्याङ्कअनुसार नेपालको कूल जनसङ्ख्या दुई करोड, ६४ लाख ९४ हजार ५०४ रहेकामा पुरुषको एक करोड २८ लाख ४९ हजार अर्थात् कूल जनसङ्ख्याको करिब ४८.५० प्रतिशत र महिलाको एक करोड ३६ लाख ४५ हजार ४६३ (५१.५ प्रतिशत) देखिन्छ । लैङ्गिक अनुपातलाई हेर्ने हो भने प्रति सय जना महिलामा ९४.१६ जना पुरुष पर्न आउने देखिन्छ ।

नेपालमा गर्भपतनसम्बन्धी केही ऐन, नियम र मापदण्ड भए पनि विभेदपूर्ण लिङ्ग छनोट गरेर गर्भपतन गराउने कार्यलाई रोक्ने विषयमा प्रदेश सरकारले पनि ध्यान दिएको पाइँदैन । लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशमा गर्भपतन गराउनेको सङ्ख्या हरेक वर्ष बढ्दो छ ।

स्वास्थ्य निर्देशनालयका परिवार नियोजन सुपरभाइजर कौशल भण्डारीकानुसार लुम्बिनी प्रदेशमा आर्थिक वर्ष ०७६/०७७ मा १८ हजार ७६० जनाले सुरक्षित गर्भपतन गराएका छन् । आव २०७५/०७६ मा यो सङ्ख्या १७ हजार ३१३ रहेको थियो । स्वास्थ्य संस्थाको तथ्याङ्कमा लिङ्ग छनोट गरेर गर्भपतन गराएको सङ्ख्या नखुलाइए पनि हरेक वर्ष गर्भपतन गराउनेको सङ्ख्या बढेको देखिएको छ ।

नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानूनी व्यवस्था छ । हाडनाता करणी, शिशु र आमाको ज्यान जानसक्ने खतरा तथा विशेष परिस्थितिमा भने १८ हप्तासम्मको गर्भपतन पनि गर्न सकिने व्यवस्था छ । गर्भपतनले कानूनी मान्यता पाएकै कारण पछिल्लो समय गर्भपतन गराउको सङ्ख्या बढ्दै गएको छ ।

विभिन्न कारणले पटकपटक गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा समस्या हुने स्त्रीरोग विशेषज्ञ डा चापागाईं बताउनुहुन्छ । उहाँका अनुसार औषधि पसलबाट किनेका विभिन्न औषधिको आफूखुशी प्रयोग र अनुभव नभएका व्यक्तिबाट गर्भपतन गराउँदा गर्भ पूर्णरूपमा नजान सक्छ । गर्भ आधा मात्रै गएर आधा भाग पाठेघर वा पाठेघरको नलीमा अड्किने सम्भावना धेरै रहन्छ । जसले सङ्क्रमण भई क्यान्सर हुने डरसमेत रहन्छ ।

त्यस्तै कतिपयले मेडिकल पसलबाट औषधि किनेर प्रयोगमा ल्याउने गर्छन् । यस्तो अवस्थामा स्वास्थ्य अवस्थाबारे कुनै जानकारी नहुने हुँदा स्वास्थ्यमा विभिन्न असर पर्छ । अत्यधिक रक्तश्रावले ज्वरो आउने, बेहोस हुने, शरीरमा रगतको कमी हुने र रगतमा हेमोग्लोबिन र आइरनको कमी हुने गर्छ ।

यसैगरी औजारको प्रयोगबाट गरिएको गर्भपतनमा पाठेघरमा चोट लाग्ने, घाउ हुने वा पाठेघर फुट्न सक्ने जोखिम रहन्छ । यसले विभिन्न सङ्क्रमण हुन सक्छ । जसकारण सेतो पानी बग्ने, पाठेघरमा क्यान्सर हुनेसमेत हुन्छ । कतिपय अवस्थामा पछि गएर बाँझोपनको समस्या पनि हुने भएकाले सकेसम्म गर्भपतन नगराउनु राम्रो हुने स्त्रीरोग विशेषज्ञ डा.चापागाईंको सुझाव छ ।

Advertisement

लैङ्गिक विभेद अन्त्यका लागि सङ्घ र प्रदेश सरकारले योजना र कार्यक्रम नबनाएका होइनन् तर कार्यक्रम लक्षित वर्गसम्म पुग्न सकेको छैन । लुम्बिनी प्रदेश सरकारले लैङ्गिक नीति तर्जुमा गरी महिला तथा यौनिक अल्पसङ्ख्यकको आर्थिक तथा सामाजिक सशक्तीकरणको निमित्त पोषण शैक्षिक तथा कानूनी सचेतना, आय वृद्धि र रोजगारी सिर्जनाको विषयलाई समावेश गरी सहकार्यमा सामाजिक परिचालन कार्यक्रम गरिने जनाएको छ । “हामीले छोराछोरी समान छन् भन्ने चेतना फैलाउन सचेतनामूलक कार्यक्रम र शिक्षामा विशेष जोड दिएका छौँ”, सामाजिक विकासमन्त्री सुदर्शन बरालले भने ।रासस

भर्खरको समाचार

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सम्बन्धित खबरहरु

Scroll to Top