×

NEPAL TIMES UPDATES

Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026

नीति तथा कार्यक्रम कार्यान्वयन हुनुपर्नेमा सांसदहरुको जोड

१० जेष्ठ २०७५

काठमाडौँ, १० जेठ ः सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै सांसदहरुले नीति तथा कार्यक्रम जतिसुकै राम्रो आए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभए त्यसको कुनै अर्थ नहुने बताए ।

Advertisement

विगतमा पनि राम्रा र प्रभावकारी कार्यक्रम आएको भए पनि त्यसको कार्यान्वयन नहुँदा जनताको जीवनस्तर सुधार नभएको भन्दै कार्यान्वयनको पक्षमा ध्यान दिनुपर्ने उनीहरुको भनाइ थियो ।

सांसद अग्निप्रसाद सापकोटाले हरेक क्षेत्रमा विचौलियाको बिगबिगी रहेको भन्दै सरकारले त्यस्तो प्रवृत्तिको अन्त्य गर्न कठोर कदम चाल्नुपर्ने बताए । उनले राष्ट्रियताको सवालमा सरकार दरिलो भएर अगाडि बढेको भन्दै यो जनताको एकताको प्रतिफल भएको बताए ।

सरकारको नीति तथा कार्यक्रम उच्च आकांक्षासहित मुलुकको समृद्धिका आधार तयार गरिएको भए पनि काम गर्ने संस्कृतिको ह्रास भएको भन्दै माथिल्लो तहबाट रुपान्तरण गरेर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो ।

सांसद लक्ष्मणलाल कर्णले शान्तिका लागि संविधान संशोधन आवश्यक छ भन्दै त्यसले मात्र स्थायित्व ल्याउने धारणा राखे ।

सांसद राजेन्द्रप्रसाद श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने शब्द पनि नीति तथा कार्यक्रममा समावेश नहुनु दुःखद भएको भन्दै एकात्मक चिन्तनबाट मुक्त हुन आग्रह गरे । उनले प्रादेशिक तहको प्रतिव्यक्ति आयको आधार तथा सूचकांकका आधारमा राजश्वको बाँडफाँड तथा अनुदानको व्यवस्था गरिनुपर्ने बताए ।

सांसद जयपुरी घर्तीले समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने आधार तयार गर्ने गरी नीति तथा कार्यक्रम आएको भन्दै त्यसलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।

सांसद दिलेन्द्रप्रसाद बडूले संघीय संसद्को पहिलो सम्बोधन भए पनि पञ्चवर्षीय कार्यक्रम पेश गरिएकामा आपत्ति प्रकट गरे । आर्थिक वर्ष २०७५÷७६ वर्षको वार्षिक नीति तथा कार्यक्रम भए पनि दीर्घकालीन लक्ष्य पेश गरेर जनप्रतिनिधिलाई झुक्याइएको, संघीयताको सवलीकरणमा खेलाँची गरिएको भन्दै उनले नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग गरे ।

सांसद रवीन्द्रराज शर्माले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम यथार्थवादी रहेको भन्दै समर्थन गरे । अर्का सांसद मनकुमारी जिसी, प्रेमप्रसाद तुलाचन र चन्द्रा चौधरीले नीति तथा कार्यक्रमको अक्षरशः कार्यान्वयन हुनुपर्ने बताए ।

सांसद छक्कबहादुर लामाले कर्णाली प्रदेशको विकासका लागि पर्यटन क्षेत्रमा नै जोड दिनुपर्ने, ऊर्जा क्षेत्रमा लगानी बढाउन सरकारलाई सुझाव दिए । सांसद बृजेशकुमार गुप्ताले जलाशययुक्त आयोजनाको विकास गरेर आर्थिक समृद्धिको आधार तयार पार्नुपर्नेमा जोड दिँदै ७६५ केभी क्षमताको प्रसारण प्रणालीको विकास गर्न नीति तथा कार्यक्रम केन्द्रित हुनुपर्ने बताए ।

सांसद डा नारायण खड्काले वर्तमान बहुमत प्राप्त बलियो सरकारले विकास निर्माण, आर्थिक तथा राजनीतिक क्षेत्रमा रहेको विकृतिको अन्त्यका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

सांसद देवेन्द्र पौडेलले पाँच वर्षभित्र स्थानीय तहसम्म कालोपत्रे सडक पु¥याउने, पूर्व–पश्चिम रेलमार्ग, वीरगञ्ज काठमाडौँ रेलमार्ग, रसुवागढी काठमाडौँजस्ता रेलमार्ग निर्माण, दोहोरो अंकको आर्थिक वृद्धिजस्ता विषय नीति तथा कार्यक्रममा समावेश गरिएको भन्दै वर्तमान नेकपाको सरकार जनताको पक्षमा रहेको स्पष्ट भएको बताए ।

सांसदहरु नरमाया ढकाल, मानबहादुर विकले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम व्यावहारिक नभएको, सभामुखको मर्यादा नराखिएको, आर्थिक वृद्धिको प्रक्षेषणसमेत गलत रहेको जिकिर गरे ।
रासस

Advertisement

 

भर्खरको समाचार

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top