×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026
Playing
नेतृत्व सखाप हुँदा पनि यु द्धमा कसरी लडिरहेको छ Iran ? || Nepal Times
Apr 06, 2026

‘डी सिने अवार्ड’मा अनमोल र नीता उत्कृष्ट, ‘लिजेन्ड्री सम्मान’ बसुन्धरलाई

११ जेष्ठ २०७५

विराटनगर,जेठ ११ ः नेपालका चर्चित अभिनेता अनमोल केसी १० औँ “डि सिने अवार्ड”मा उत्कृष्ट अभिनेता घाषित भएका छन् ।


केहीअघि मात्र सम्पन्न छैटौं एनएफडीसी अवार्डमा सर्वोत्कृष्ट अभिनेताको ट्रफी जितेका अनमोल केसीले फेरि पनि त्यस्तै सफलता चुमेका हुन् । राष्ट्रिय सभागृहमा बिहीबार आयोजित छायाछवि दसौं डी सिने अवार्डमा उनलाई ‘कृ’ फिल्मको भूमिका लागि सर्वोत्कृष्ट घोषित गरियो ।
अनमोलकै ‘कृ’ लाई उत्कृष्ट फिल्म मानियो । उत्कृष्ट एनिमेसनमा ग्लेज इन्टरटेन्मेन्ट र छायांकारमा पुरुषोत्तम प्रधानलाई ‘कृ’ ले नै सफलता दिलायो ।

Advertisement

उत्कृष्ट अभिनेताको ट्रफी चुम्दै अनमोलले भने ‘यो अवार्ड मेरा लागि अवार्ड मात्र होइन, फिल्म क्षेत्रप्रतिको जिम्मेवारी पनि हो । सबैलाई थ्यांक यु भन्न चाहन्छु ।’

त्यस्तै वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाललाई ‘लाइफटाइम लिजेन्ड्री अवार्ड’ स्वरूप सम्मानपत्र र २५ हजार रुपैयाँ प्रदान गरियो । सात वर्षको कलिलो उमेरदेखि कला यात्रा थालेकी भुसालले नेपालमा बनेको पहिलो फिल्म ‘आमा’ हुँदै ‘हिजो आज भोलि’, ‘मनको बाँध’, ‘सिन्दुर’, ‘जीवनरेखा’ लगायत सयौं फिल्ममा अभिनय गरेकी छन् ।

विसं. २०७४ को अन्ततिर प्रदर्शनमा आएको ‘लिलीबिली’ फिल्मका निर्देशक मिलन चाम्सको निर्देशन उत्कृष्ट मानियोे । त्यस्तै सबैभन्दा लोकप्रिय फिल्म चाहिँ ‘छक्का पञ्जा २’ मानिँदा ‘ब्लाइन्ड रक्स’ र ‘मंगलम’ लाई क्रमशस क्रिटिक्स र जुरी अवार्ड प्रदान गरियो ।
मंगलम फिल्मले यो सहित जम्मा पाँच वटा अवार्ड हात पा¥र्यो ।

पुष्पल खड्काले क्रिटिक्सका तर्फबाट उत्कृष्ट अभिनेताको ट्रफी पाए भने मोहन निरौला, राजेन्द्र उप्रेती, डब्बु क्षत्री, सन्तोष श्रेष्ठ र शबनम मुखियाको निर्णायक टोलीले ‘संरक्षण’ फिल्मका निर्देशक पूर्णेन्द्र झालाई इन्करेजमेन्ट अवार्ड दियो । पब्लिक च्वाइस अवार्डमा हरिवंश आर्चायको ‘शत्रु गते’ ले बहुमत ल्याएको बताइयो ।

सर्वोत्कृष्ट अभिनेत्रीमा ‘पञ्चायत’ बाट नीता ढुंगानालाई भईन् भने नव–अभिनेतामा सलिनमान बानियाँ र अभिनेत्रीमा जसिता गुरुङ सर्वोत्कृष्ट घोषित भए । ‘ए मेरो हजुर २’ का लागि झरना थापालाई नवनिर्देशकका रूपमा स्याबासी दिइयो ।

त्यस्तै चलचित्र ऐश्वर्यामा उत्कृष्ट अभिनय गरेका प्रशान्त ताम्राकार उत्कृष्ट खलपात्र भए । उनको नाम सुनाउनुअघि नै दर्शकहरू भन्दै चिच्याएका थिए ।

त्यस्तै उत्कृष्ट कथा विधामा ‘भुइँमान्छे’ का लागि नवराज बुढाथोकी र पटकथामा प्रदीप भारद्वाजले ‘लिलीबिली’ बाट अवार्ड हात पारे । उत्कृष्ट संवाद विधामा ‘घामपानी’ फिल्मबाट निर्देशक दीपेन्द्र लामालाई अवार्ड दिइयो । चरित्र अभिनेत्रीको विधामा मिथिला शर्माको नाम आयो ।

‘छक्का पञ्जा २’ की वर्षा राउत र ‘ए मेरो हजुर २’ का सलोन बस्नेत सहायक भूमिकामा अब्बल ठहरिए । फिल्म सम्पादक मित्रदेव गुरुङले ‘मंगलम्’ मा गरेको कामको सराहना भइरहँदा ‘रुद्र’ बाट हिमाल केसी उत्कृष्ट द्वन्द्व निर्देशक चुनिए ।
बालकलाकारमा ‘पिँजडा ब्याक अगेन’मा अभिनित कुशाग्र भट्टराईलाई फाप्यो । उत्कृष्ट हास्यकलाकार केदार घिमिरे ‘माग्नेबूढा’ ले ले अवार्ड हात पारे ।

‘लिलीबिली’ को पाश्र्व संगीत उत्कृष्ट मानिएपछि एलिश कार्कीको भागमा ट्रफी आइपुग्यो । सुनयमान श्रेष्ठलाई ‘संरक्षण’ बाट उत्कृष्ट ध्वनि मिश्रण विधामा अवार्ड दिईयो भने पिल्मको ‘सम्झनाको सारंगी’ गीतका लागि धीरेन्द्र प्रेमर्षिलाई उत्कृष्ट गीतकार घोषित गरियो ।

त्यस्तै उत्कृष्ट गायकमा सुगम पोखरेल र गायिकामा बिन्दु परियारको नाम आयो । संगीतकारमा ‘कुटुमा कुटु’ गीतका लागि राजनराज शिवकोटी उत्कृष्ट मानिए भने गीतमा नृत्य निर्देशन गरेका कविराज गहतराजले पनि ट्रफी हात पारे ।

Advertisement

समारोहमा अभिनेत्री मौसमी मल्ल र फिल्मकर्मी नरेन्द्र महर्जनलाई चलचित्र रजत सम्मान प्रदान गरियो । सञ्चारकर्मी श्याम अर्यालले चलचित्र पत्रकारिता पुरस्कारस्वरूप १० हजार हात पारे ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top