NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

कोभिड–१९ विरुद्धको खोप निर्माणमा तिब्र प्रतिस्पर्धा, सहज आपूर्तिको प्रतिक्षामा गरिब राष्ट्र

शनिबार मंसिर २७ , २०७७
Reading Time: 1 min read
A A
कोभिड–१९ विरुद्धको खोप निर्माणमा तिब्र प्रतिस्पर्धा, सहज आपूर्तिको प्रतिक्षामा गरिब राष्ट्र

Coronavirus COVID-19 single dose small vials and multi dose in scientist hands concept. Research for new novel corona virus immunization drug.

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२७ मंसिर, काठमाडौं ।

कोरोनाभाइरस महामारीबाट विश्व समुदाय आक्रान्त छ । यो महामारी कसरी नियन्त्रणमा आउला वा संक्रमणलाई कसरी कम गर्न सकिएला भन्ने बारेमा आम मानिसलाई सही सूचना, ज्ञान र सचेतना दिने प्रयास भए पनि त्यो अझै सार्थक हुन सकेको छैन । त्यही कारण संक्रमणको दर दिनानुदिन बढेको बढ्यै छ ।

विश्व स्वास्थ्य संगठन, जोन्स हप्किन्स विश्वविद्यालय जस्ता संस्थाले कोरोना संक्रमण र त्यसले पु–याएको मानवीय क्षतिको विवरण दैनिक अद्यावधिक गरिरहेका छन् । सार्स प्रजातिकै नयाँ कोरोनाभाइरस मानवमा देखिएको झण्डै एक वर्ष पुग्न लागेको छ, र विश्वभर यस भाइरसबाट संक्रमितको संख्या शनिबारसम्म झण्डै ७ करोड १४ लाख पुगिसकेको छ भने झण्डै १६ लाख व्यक्तिको भाइरसको संक्रमणबाट मृत्यु भएको छ । अझै पनि विश्वभर दैनिक १२ हजारको हाराहारीमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ ।

Advertisement

यो भयावह अवस्था नै हो । हुनत, सन् १९२० को स्पेनिस फ्लुबाट युरोप, अमेरिका सहित विशवभर करिब २ करोडदेखि ५ करोड मानिसको मृत्यु भएको थियो । इबोला, एचआइभी एड्स, सार्स, प्लेग, क्षयरोग जस्ता महामारीले पनि धेरै मानिसको ज्यान लिएकै छन् । तर पछिल्लो पटक तिब्र गतिमा विश्वभर फैलिएको नयाँ कोरोनाभाइरसले मानिसका सम्पूर्ण दैनिक व्यवहारका साथै अर्थतन्त्र नै चौपट पारिरहेको छ ।

कोरोनाभाइरस महामारी नियन्त्रणका लागि साबुनपानीले नियमित हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने र घुमफिर गर्दा वा भेटघाट गर्दा कम्तीमा २ मिटरको सामाजिक दूरी कायम राख्नुपर्ने विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको छ । यो विधि कोरोनाभाइरसको फैलिने क्षमता र प्रकृतिलाई विचार गरी सिफारिस गरिएको हो । अर्कोतर्फ मानिसको भिडभाड रोक्न कैयौं सरकारहरुले निकै कठोर मानिने लकडाउन पनि गरेका थिए, र अझै पनि कतिपय देशमा योक्रम जारी छ । चीनको उहानमा व्यापक रुपमा कोरोना फैलिएको बेला कठोर लकडाउन, उपचार र सचेतना कार्यक्रम चलाइएको थियो ।

तर लकडाउन, सामाजिक दूरी जस्ता उपायले मात्र कोरोनाभाइरसलाई परास्त गर्न सकिने सम्भावना निकै कम देखिएको वैज्ञानिकहरुले बताएका छन् । यसका लागि प्रभावकारी उपचार आवश्यक देखिइसकेको छ । तर उपचार त्यति सजिलो भने देखिएको छैन । विश्वभरका वैज्ञानिकहरु अहिले कोरोनाभाइरस ठीक गर्न विभिन्न औषधि, खोप र थेरापीको खोज र अनुसन्धानमा तल्लिन छन् । हालसम्मका यी प्रयत्नहरु शरीरमा कोरोनाभाइरसँग लड्न सक्ने एन्टीबडी अर्थात् रोगप्रतिरोधात्मक क्षमता निर्माणमा केन्द्रित देखिएका छन् । हाइड्रोक्सीक्लोरोक्वीन, रेमडेसिभर, एजिथ्रोमाइसिन जस्ता औषधिको प्रयोग एकातिर गरिएको छ भने प्लाज्मा थेरापी पनि उपयोगमा ल्याइएको छ । तर यी दुबै विधि पूर्ण रुपमा सफल नभएको विश्व स्वास्थ्य संगठनले बताउँदै आएको छ ।

यही खोजको क्रममा विश्वका ठुल्ठूला औषधि निर्माता कम्पनी, विश्वविद्यालय र अनुसन्धान संस्थाहरु खोप विकासमा लागेका छन् । अमेरिकी कम्पनी मोडर्ना, अमेरिकी–जर्मन साझेदारीको फाइजर–बायोएनटेक, बेलायतको अस्ट्राजेनिका–अक्सफोर्ड, रुसको स्पुतनिक भी, चीनको सिनोफार्म र क्यानसिनो तथा भारतको सिरोम फर्मास्यूटिकल्स (कोभिसिल्ड) खोप निर्माणमा निकै अगाडि बढिसकेका छन् । फाइजर र मोडर्नाका खोपहरु ९५ प्रतिशतसम्म असरदार रहेको दाबी गरिएको छ । शुरुमै आफ्नो खोप सफल रहेको दाबी गर्ने रुसको स्पुतनिकका बारेमा विस्तृत जानकारीको अभाव रहेको बताइन्छ ।

हाल सर्वाधिक चर्चामा फाइजरकै खोप छ । यस खोपलाई बेलायतको औषधि प्रशासन निकायले मान्यता दिएर आम जनतालाई दिन थालिसकेको छ । पहिलो चरणमा वृद्धवृद्धा र स्वास्थ्यकर्मीलाई यो खोप दिन थालिएको छ । फाइजरको खोपलाई मान्यता दिने बेलायत पहिलो देश हो । यो खोपलाई अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले चाँडै अनुमति दिने विश्वास गरिएको छ । बिहीबार मात्र एफडिएमा आबद्ध अमेरिकी विज्ञहरुको समूहले फाइजरको खोप आपतकालीन प्रयोगका लागि अनुमति दिन सिफारिस गरिसकेको छ । साधारणतया विज्ञको सिफारिस भएपछि एफडिएले खोप अनुमति दिने प्रचलन छ ।

अमेरिकामा कोरोनाको दोस्रो लहर शुरु भएसँगै दैनिक संक्रमित र मृत्यु हुनेको संख्या तिब्र गतिमा बढेकाले पनि खोपको अपरिहार्यता बढेको हो । अमेरिकामा तीन दिनको अवधिमा ९ हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सहित अमेरिकामा मृत्यु हुनेको संख्या तीन लाख २ हजार नाघेको छ भने संक्रमितको संख्या पनि झण्डै १ करोड ६३ लाख भइसकेको छ ।

यस्तै कहालीलाग्दो अवस्था ब्राजिल, भारत, मेक्सिको, युरोपेली मुलुकहरु समेतका अन्य मुलुकमा पनि छ । यही परिस्थितिलाई विचार गरी निकै प्रभावकारी मानिएको फाइजरका खोप भित्र्याउन क्यानडा, बहराइन, साउदी अरेबिया र मेक्सिकोले सहमति दिइसकेका छन् । मेक्सिकोमा यही डिसेम्बरको तेस्रो साताबाट खोप लगाउन शुरु गरिने मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले घोषणा गरिसकेका छन् । मेक्सिकोले फाइजरका साथै चीनको क्यानसिनो खोप करिब ३ करोड ५० लाख डोज खरिद गरेको छ । युरोपेली युनियनको औषधि प्रशासन निकायले पनि फाइजर सहित अन्य खोपका बारेमा विचारविमर्श गरिरहेको बिबिसीले जनाएको छ ।

भारतमा सेरम इन्स्टिच्यूट अफ इन्डियाले कोभिसिल्ड नामको खोप विकास गरेर अन्तिम क्लिनिकल परीक्षण भइरहेको जनाएको छ । भारत सरकारको अनुमति पाएसँगै यस कम्पनीले करिब ४० करोड डोज खोप भारत सरकारलाई उपलब्ध गराउने सेरमका प्रमुख कार्यकारी अदर पुनावालाले बताएका छन् ।

चीनको सिनोफार्मले विकास गरेको सिनोभ्याकले ८६ प्रतिशतसम्म प्रभावकारी काम गरेको युनाइटेड अरब इमिरेट्स (युएई)को स्वास्थ्य मन्त्रालयले जनाएको छ । युएईमा सिनोभ्याकको क्लिनिकल परीक्षण गत जुलाईबाट गरिएको र तथ्याँक विश्लेषणका आधारमा खोप ८६ प्रतिशत असरदार देखिएको युएईको भनाई छ । सिनोफार्मको सिनोभ्याक खोप आम सर्वसाधारणलाई लगाउन इन्डोनेसिया पुगिसकेको छ । जनवरीसम्ममा अरु १८ लाख डोज इन्डोनेसिया पुग्ने इन्डोनेसिया सरकारले जनाएको छ । यस्तै टर्की, ब्राजिल र चिलीमा पनि चिनियाँ खोप पठाइएको छ । चीनमा हाल चारवटा कम्पनीले विकास गरेका पाँच किसिमका खोपको तेस्रो तथा अन्तिम चरणको क्लिनिकल परीक्षण चलिरहेको छ । सिनोफार्मका अध्यक्ष लिउ जिङझेनले दर्जनौं मुलुकले सिनोफार्मका खोप खरिद गर्न अनुरोध गरिरहेको जानकारी दिएको सिएनएनले जनाएको छ । यस कम्पनीमा सन् २०२१ को अन्त्यसम्ममा एक अर्ब डोज उत्पादन गर्ने क्षमता रहेको अध्यक्ष जिङझेनले बताएका छन् ।

फाइजर र मोडर्नाको तुलनामा सबैजसो चिनियाँ खोपहरु कम चिसोमा राख्न सकिने र त्यसलाई धेरैजसो विकासशील मुलुकहरुमा सहजै आपूर्ति र वितरण गर्न सकिने बताइएको छ । फाइजर (माइनस ७५ डिग्री) र मोडर्ना (माइनस २० डिग्री) को हाराहारीमा राख्नु पर्ने हुन्छ । तर चिनियाँ खोपहरु, भारतको कोभिसिल्ड र अस्ट्राजेनिका–अक्सफोर्डका खोपहरु २ देखि ५ डिग्री सेल्सियसको हाराहारीमा राख्न सकिने छ ।

कोरोनाभाइरस महामारीसँग जुध्न हाल निर्माणको अन्तिम चरणमा रहेका खोपहरु विश्वभरका मुलुकहरुमा सहज र समानुपातिक रुपमा वितरण हुनुपर्ने जिकिर विश्वका नेताहरु र अभियन्ताहरुले जोडदार रुपमा आवाज उठाउन थालेका छन् । बिबिसीका अनुसार अस्ट्राजेनिका–अक्सफोर्ड खोपको मूल्य प्रति डोज ४ डलर, मोडर्नाको ३३ डलर, फाइजर–बायोएनटेकको २० डलर, स्पुतनिकको १० डलर तथा सिनोभ्याकको ३० डलर पर्नेछ । यी खोपहरु २ डोज लगाउनु पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संगठनको अगुवाईमा कोभिड–१९ भ्याक्सिनको विश्वव्यापी पहुँच (कोभाक्स) स्थापना पनि भएको छ जसले कोरोना विरुद्धको खोपलाई विश्वका सबै धनी, गरिब मुलुकमा सहज र सस्तो मूल्यमा उपलब्ध गराउन तथा गरिब राष्ट्रलाई मद्दत गर्न पहल गर्नेछ । तर विश्वका अति गरिब र कोभिड–१९ का कारण अर्थतन्त्रमा निरन्तर संकट व्यहोर्दै आएका मुलुकहरुले यी महंगा खोपमा कहिले र कसरी सहज र समानुपातिक पहुँच हासिल गर्लान् अहिल्यै केही बताउन सकिने अवस्था छैन ।-सोमनाथ लामिछाने (अन्तर्राष्ट्रिय समाचारमा आधारित)

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.