विराटनगर,जेठ १३
बैंकबाट पैसा निकालेर फर्कंदै गरेका निर्मल कार्कीलाइ गोली प्रहार गरी भागेका दुईजना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई नौ लाख रुपैयाँसहित कैलालीको गेटाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए।
अनुसन्धानका क्रममा भएकाले खुलाउन पक्राउ परेका व्यक्तिको नाम नमिल्ने प्रहरीले जनाएको छ । उनीहरुबाट एक थान मोटरसाइकलसमेत बरामद बरामद गरिएको छ ।
बिहान पौने १० बजे धनगढीको चौराहास्थित सेन्चुरी बैंक अगाडि मुल सडकमै कार्कीमाथि गोली प्रहार गरी ९ लाख ५० हजार लुटेर भागेका थिए ।