७ पौष, विराटनगर । पछिल्लो २४ घण्टामा थप ७ सय २२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
आजै ९ सय ६६ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् भने थप ३ संक्रमितको मृत्यु भएको छ ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ । उनीहरुमध्ये २ लाख ४५ हजार ७०९ जना संक्रमणमुक्त भएका छन् भने १७ सय ९८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ७ हजार ७ सय २९ सक्रिय संक्रमित छन् ।