NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते  बिहिबार साउन १ , २०८२
अमेरिकामा वर्क परमिटको प्रस्ताव, ट्रम्प प्रशासनविरुद्ध मुद्दा बिहिबार साउन १ , २०८२
आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण  बिहिबार साउन १ , २०८२
ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ? बिहिबार साउन १ , २०८२
आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा बिहिबार साउन १ , २०८२
Next
Prev

समाचार

प्रदेश नं १ मा‘घर घरमा स्टिकर टाँस अभियान’ शुभारम्भ

सोमवार जेष्ठ १४ , २०७५
A A
प्रदेश नं १ मा‘घर घरमा स्टिकर टाँस अभियान’ शुभारम्भ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, जेठ १४
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज नागरिकको सूचना र सुरक्षाका लागि ‘घर घरमा स्टिकर टाँस अभियान’ शुभारम्भ गरेका छन् ।

प्रदेश नं १ को सरकारको एकसय दिने कार्यक्रमअन्तर्गत प्रदेशका १४ वटै जिल्लामा १० लाख घरपरिवारमा एक महिना भित्र स्टिकर टाँस्ने लक्ष्यका साथ सबै जिल्लामा एकैसाथ आज यो कार्यक्रम शुभारम्भ भएको हो ।

यस प्रदेशका जिल्ला प्रहरी कार्यालयहरुले जनताको घरदैलोमा प्रहरी खटाएर सुरक्षित स्थानमा स्टिकर टाँस्ने र परिवारको लगतसमेत संकलन गर्ने भएका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा शुरु भएको उक्त कार्यक्रमलाई ‘जनतासँग प्रहरी कार्यक्रम’ नामकरण गरिएको छ । सो स्टिकरमा प्रदेश प्रहरी कार्यालयको मोबाइल, टेलिफोन नम्बर, टोल फ्री नम्बर, संघीय इकाइ प्रहरी कार्यालय धरानका साथै जिल्ला प्रहरी कार्यालयका टेलिफोन नम्बर समावेश गरिएको छ ।

‘तपार्इंको सूचना, सबैको सुरक्षा’ मूल नाराका साथ सो स्टिकरमा उल्लेख गरिएका नम्बरमा फोन गरी तपाईंको गाउँघरमा कुनै घटना÷दुर्घटना वा सुरक्षा आवश्यक परेमा तुरुन्त प्रहरीलाई खबर गर्न सकिने भएको छ ।

मुख्यमन्त्री राईले सरकारको पहिलो दायित्व जनतालाई सुरक्षा, सम्मान र सुशासनको प्रत्याुभूति गुराउनु जिम्मेवारी रहेको बताएका छन् ।

प्रदेशलाई सुरक्षित, सुशासित, अपराधमुक्त र भ्रष्टाचारमुक्त बनाउन प्रतिबद्ध रहेको चर्चा गर्दै उनले भने, “प्रदेशको समृद्धिका लागि तीव्र गतिमा विकासका कार्यलाई अघि बढाएर यस प्रदेशलाई नमूना प्रदेश बनाउनुपर्छ ।”

मुख्यमन्त्री राइले स्टिकरको माध्यमबाट प्रहरीसँग जनताको सम्पर्क बढ्ने र आपराधिक घटना पनि कम हुँदै जाने भएकाले यो कार्यक्रम देशभरिमै लागू गराउन व्यापक रुपमा प्रचारप्रसार आवश्यक रहेको जानकारी गराए ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले यो स्टिकरको माध्यमबाट जनताले चाहेको बेलामा प्रहरीसँग सम्पर्क गर्न सक्ने भएकाले अपराधविहीन समाज स्थापनामा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सूचनामूलक स्टिकर टाँस्ने कार्यलाई निरन्तरता दिनुपर्ने र यस कार्यमा स्थानीय तहले सहयोग गर्ने बताए ।

प्रहरी नायब महानिरीक्षक केदार रिजालले प्रहरीले उच्च मनोबलका साथ शान्ति सुरक्षाका लागि कार्य गरिरहेको उल्लेख गर्दै जनता–प्रहरी कार्यक्रममार्फत प्रहरी घर घरमा पुगेर कार्यक्रमलाई सफल बनाउन अग्रसर रहने उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, प्रहरी उपरीक्षक मनोजकुमार केसीसहितका वक्ताले कार्यक्रमका विविध पक्षमा चर्चा गरेका थिए ।

यसअघि, स्टिकर टाँस्ने कार्यक्रमबारे जनचेतना जगाउन विराटनगरको आदर्श उच्च माविबाट निस्केको ¥यालीमा मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रजिअ आचार्यलगायत स्थानीय, सुरक्षाकर्मी, कर्मचारी, पत्रकारसहितको सहभागिता थियो ।
रासस

लोकप्रीय

बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते 

बिहिबार साउन १ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

अमेरिकामा वर्क परमिटको प्रस्ताव, ट्रम्प प्रशासनविरुद्ध मुद्दा

बिहिबार साउन १ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण 

बिहिबार साउन १ , २०८२

विचार

थप समाचार

बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा
अन्तर्राष्ट्रिय

आर्थिक

आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण 

बिहिबार साउन १ , २०८२
ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?
ताजा समाचार

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?

बिहिबार साउन १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते 

बिहिबार साउन १ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

अमेरिकामा वर्क परमिटको प्रस्ताव, ट्रम्प प्रशासनविरुद्ध मुद्दा

बिहिबार साउन १ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण 

बिहिबार साउन १ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.