विराटनगर,जेठ १५
दुई वर्ष अघि फुटवलमा म्याच फिक्सिङको आरोपमा पक्राउ परेर मुद्धा खेपिरहेका पूर्व फुटबलर अञ्जन केसी ‘सट्टेबाजको धन्दा’ चलाएको आरोपमा पुनः पक्राउ परेका छन् ।
नेपाली राष्ट्रिय फुटबल टिमबाट लामो समय खेलेका केसी अनुभवी र राम्रा खेलाडी मानिन्छन् ।
विभिन्न विदेशी फुटबल प्रतियोगिता हरु इंग्लिस प्रिमियर लिग, च्याम्पियन्स लिग लगायतमा सट्टेबाजी गराएको आरोपमा केसीलाई सोमबार साँझ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको बताइएको छ ।
सट्टेबाजीको आरोपमा प्रहरीले केसी सहित काठमाडौं, भक्तपुर र ललितपुरबाट ६ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल र विजय श्रेष्ठ रहेका छन् ।
प्रहरी स्रोतका अनुसार उनीहरुले हालै सम्पन्न इन्डियन प्रिमियर लिगमा सट्टेबाजी गराएका थिए ।
संगठित रुपमा सट्टेबाजी गराउँदै आएको यो समूहका सदस्य मध्ये अञ्जनले फुटबल सेक्टर हेर्ने गरेको प्रहरीले जनाएको छ ।
सट्टेबाजका डन मानिले नागराजको सदस्यको रुपमा काम गर्दै आएको यो समूहले सट्टेबाजी सँगै म्याच फिक्सिङ समेत गर्र्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरी स्रोतका अनुसार गुण्डा नाइके दावा लामा पनि अञ्जन केसी समुहका रहेको खुलेको छ ।
यसअघि, म्याच फिक्सिङको आरोपमा मुद्दा खेपिरहेका केसी विशेष अदालतको फैसलापछि धरौटीमा रिहा भएका थिए ।