विराटनगर,जेठ १५
डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–३, गजरौलामा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ८ जना घाईते भएका छन् ।
डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से १ ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप गजरौलामा दुर्घटनामा परेको हो ।जीप दुर्घटनाको कारण भने खुलेको छैन ।
दुर्घटनाका मृतकहरुको सनाखत हुन नसकेको डडेल्धुरा प्रहरीले जनाएको छ ।
दुर्घटनाका घाइतेलाई प्रहरीले उद्धार गरेर अस्पताल पठाएको छ ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।