जीप दुर्घटनामा वडाध्यक्षसहित चारको मृत्यु

जीप दुर्घटनामा वडाध्यक्षसहित चारको मृत्यु

डडेल्धुरा,  जेठ १५

आज बिहान डोटी जिल्लाको सिलगढीबाट धनगढीतर्फ गइरहेको से१ज ३३० नं को जीप दुर्घटना हँुदा वडाध्यक्षसहित चार जनाको मृत्यु भएको छ ।

डोटी आदर्श गाउँपालिका–३ का वडाध्यक्ष प्रेम बोहरासहितको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने अन्यमा गाडीधनी दिपायल सिलगढी–४ का विनोदकुमार रावल तथा आदर्श गाउँपालिकाका लाल बोहरा र जानकी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

जीपमा ११ जना सवारमध्ये सात जना घाइते भएकामा दुई जनालाई उपक्षेत्रीय अस्पतालबाट अन्यत्र उपचारका लागि सिफारिस गरी पठाइएको छ भने अन्य पाँच जनाको उपक्षेत्रीय अस्पताममा नै उपचार भइरहेको अस्पतालले जनाएको छ ।

घाइते करुणकुमार यादव र विष्णु विकलाई थप उपचारका लागि सिफारिस गरिएको छ । घाइतेको खुट्टा, टाउको, कम्मर र हातमा चोटपटक लागेको अस्पतालले जनाएको छ ।

सिलगढीवाट धनगढीका लागि छुटेको उक्त जीप डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको केआइसिंह राजमार्गको गजरौला नजीक दुर्घटना भएको हो । जीपमा सवार सबैको सनाखत भइसकेको छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.