१५ पौष, नेपालगञ्ज । बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा ५ मिनेटको फरकमा दुई संक्रमितको मृत्यु भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार मृत्यु हुनेमा बाँके र बर्दियाका एक–एक जना छन् ।
बाँकेको कोहलपुर नगरपालिका–२ का ७३ वर्षीय पुरुषको मंगलबार राति १० बजेर २० मिनेटमा मृत्यु भएको हो । पुस ५ गते स्वास्थ्यमा समस्या आएपछि कोहलपुर मेडिकल कलेज लगिएका उनलाई त्यही दिन कोरोना प्रमाणित भएको थियो ।
त्यहाँबाट उनलाई मंसिर १४ गते राति भेरी अस्पताल ल्याइएको थियो । यससँगै बाकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।
त्यस्तै, बर्दियाको ठाकुरबाबाकी ८५ वर्षीया महिलाको मंगलबार राति १० बजेर २५ मिनेटमा मृत्यु भएको छ । पुस १२ गते भेरीमा उपचारका लागि ल्याइएकी महिलालाई त्यही दिन कोरोना प्रमाणित भएको थियो ।