×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026
Playing
३५० उम्मेदवारले एक भोट पनि पाएनन्, ५१६ उमेदवारले मात्रै जमानत जोगाए || Nepal Times
Mar 11, 2026

दुःखदायी वर्ष २०२० लाई फर्केर हेर्दा

१७ पुस, काठमाडाैँ ।
सन् २०२० आजबाट सकिएको छ । समग्रतामा वर्ष २०२० विर्सनलायक वर्ष बनेको छ । कोरोना भाइरसको महामारीले विश्वलाई नै आक्रान्त बनाएर २०२० वर्ष दुखदायी वर्ष बनेको छ । विगतका वर्ष जत्तिको उत्साह उमंग यस वर्ष रहन सकेन । खुशी कम तर दुख बढीको वर्ष २०२० बनेको छ । विश्वमा वितेको वर्ष २०२० मा घटेका मुख्य घटनाहरु यस्ता छन् ।

१. २०१९ को अन्त्यदेखि चीनबाट सुरु भएको भनिएको कोरोना भाइरसको संक्रमणले २०२० मा विश्व महामारीको रुप लियो । वर्षको अन्तिमदिन सम्ममा विश्वका ८ करोड बढि मानिसलाई संक्रमण भयो, १८ लाख भन्दा धेरै मानिसको मृत्यु भयो ।

२. अष्ट्रेलियाको जंगलमा अघिल्लो वर्षदेखि लागेको आगो २०२० मा पनि लागिरह्यो । मार्चमा आगो निभ्दासम्म १ लाख ८६ हजार वर्ग किलोमिटर क्षेत्रफलमा आगोले विध्वंस मच्चाएको थियो । करिब ६ हजार भवनहरुमा क्षती पुगेको थियो भने ३ दर्जन बढि मानिसको मृत्यु भयो । करोडौं जंगली जनावरहरु विनाश भए । केहिसमय वातावरणीय असन्तुलन समेत देखा पर्यो ।

३. अमेरिकामा एक निहत्था अश्वेत व्यक्तिको गोरा प्रहरीले अमानवीय ढङ्गबाट हत्या गरेको भन्दै हिंसा भड्कियो । हप्तौँको हिंसात्मक आन्दोलनले विश्वजगतलाई नै प्रभाव पारेको थियो । विश्वका अनेकन राष्ट्रमा त्यस हत्या र अश्वेतमाथि गरिएको व्यवहारको विरोध भयो । जर्ज फ्लोएड नामका व्यक्तिलाई ८ मिनेटसम्म घाँटीमा घुँडाले थिचेको हृदयबिदारक दृश्य सार्वजनिक भएपछि हिंसा भड्किएको थियो ।

४. चर्चित अमेरिकी बास्केटबल लेजेण्ड कोबे ब्रायन्टको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । उनले पाँच पटक एनबीए च्याम्पियन र ओस्कार जितेका थिए । क्यालिफोर्नियाको कालाबासस सहरमा भएको दुर्घटनामा कोबे, उनकी छोरी गियनासहित नौ जनाको ज्यान गएको छ । ४१ वर्षीय ब्रायन्ट आफ्नै नीजि हेलिकोप्टरमा यात्रा गरिरहेका थिए । लस एन्जलस प्रहरीले हेलिकोप्टरमा सवार कोही पनि जीवित नरहेको जानकारी दिएको छ । ब्रायन्टलाई अमेरिकी बास्केटबलमा अहिलेसम्मकै महान खेलाडी मानिन्छ । यस्तै वर्ष २०२० को अन्त्यमा फुटबलका अहिलेसम्मकै एक महान खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ । रगत जमेपछि नोभेम्बर महिनाको सुरुमा सफलतापूर्वक उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो र उनको मदिरामाथिको निर्भरताको पनि उपचार गरिँदै थियो। उपचारकै क्रममा उनको निधन भएको हो । यो विश्व फुटबलका लागि अपूरणीय क्षति हो ।

५. युक्रेन इन्टरनेसनल एअरलाइन्सको बोइङ ७३७ विमान इरानमा दुर्घटना भयो । इरानको राजधानी तेहरानमा भएको विमान दुर्घटनामा यात्रु र चालक दलका सदस्य गरी १ सय ७६ जनाको मृत्यु भयो । तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभ उडान भर्दै गरेको युक्रेनी विमान दुर्घटना भएको हो । इरानी नागरिकसहित विभिन्न देशका यात्रु चढेको युक्रेनी विमान इरानी क्षेप्यास्त्र प्रहारका कारण भुइँमा खसेको थियो । यस्तै वर्ष २०२० मा पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक विमान दुर्घटनामा पर्यो । जिन्नाह इन्टरनेशनल एयरपोर्टमा उक्त विमान ल्याण्ड हुनुभन्दा एक मिनेटपहिला दुर्घटनामा परेको हो । दुर्घटनामा ९७ जना ज्यान गएको थियो ।

६. लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटमा कम्तीमा ७० जनाले ज्यान गुमाए, चार हजार भन्दा बढी घाइते भए । एउटा गोदाममा ६ वर्षदेखि २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको थियो । विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो ।

७. यो वर्ष थाइल्याण्डमा एक व्यक्तीले अहिलेसम्मकै सबैभन्दा ठूलो सामूहिक हत्या गरे । जग्गा विवादका कारण रिसाएका ति सिपाहीले एउटा सपिङ मलमा छिरेर अन्धाधुन्ध गोली चलाउँदा २९ जनाको मृत्यु भयो भने दर्जनौँ घाइते भए ।

८. संयुक्त राज्य अमेरिकामा भएको राष्ट्रपतिय निर्वाचनमा डोनाल्ड ट्रम्पले हार व्यहोरेका छन् । २०२१ को पहिलो महिनामै नयाँ राष्ट्रपतिमा चुनिएका डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा सपथ लिँदैछन् ।

९. चिनियाँ चन्द्रयान चाङ ई–५ चन्द्रमाको सतहबाट ढुंगामाटोको नमुना लिएर पृथ्वीमा फर्किएको छ । अमेरिकाको अपोलो र तत्कालीन सोभियत संघको लूना चन्द्रयानपछि पहिलोपल्ट चिनियाँ चन्द्रयानले चन्द्रमाको सतहको नमुना लिएर फर्किएको हो । नमुनाको अध्ययनबाट पृथ्वीको उपग्रहको सतह र उसको अतीतका बारेमा विभिन्न जानकारी हासिल हुने वैज्ञानिकहरुको दाबी छ । स्थानीय समयअनुसार बिहीबार बिहान एक बजेर ५९ मिनेट जाँदा इनर मंगोलिया स्वायत्त क्षेत्रको सिचिवाङमा चाङ ई–५ को सुरक्षित अवतरण गराइएको थियो । गत नोभेम्बरको अन्त्यमा चीनले चाङ ई–५ चन्द्रयान चन्द्रमामा पठाएको थियो ।

१०. दल भित्रको विवाद बढ्दै जाँदा नेपालमा केपी शर्मा ओली नेतृत्वको बहुमतको सरकारले संसद विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गर्यो । संसद विघटन गैरसंवैधानिक भन्दै राजनीतिक रुपमा विरोध गर्दै नेपालका संसदीय दलहरु, सर्वोच्च अदालतको फैसलाको पर्खाइमा छन् । संसद विघटनपछि दक्षिण एसियाको ठूलो कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी विभाजनको वैधानिकता कुरिरहेको छ । नेपालका राजनीतिक पार्टीमा देखिएको तिक्कता मध्येको सबैभन्दा ठूलो तिक्तताका रुपमा यसलाई ब्याख्या गरिएको छ ।

११. कोरोना भाइरसको त्रासदीपूर्ण अवस्थामा २०२० का हरेक दिनहरु बितेपनि मानवजाती माथिको डरलाग्दो यो विपत्तिलाई परास्त गर्न विश्वका विभिन्न देशमा कोरोना भ्याक्सिन निर्माण भएका छन् । फाइजरको कोरोना भ्याक्सिन, कोभ्याक्स, सिनोभ्याक्स, मोडेर्ना, एस्ट्राजेनेका, स्पुतनीन भी लगायत कोरोना खोप निर्माण भइ प्रयोगमा समेत आइरहेको छ । यो वर्षले हामीलाई कोरोना महामारीको त्रास दिएर व्यक्ति व्यक्तिबीचमा दुरी कायम गर्न बाध्य बनाएपनि मानव सम्बन्धको महत्व सिकाएर मानवलाई थप सचेत भने पक्कै बनाएको छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top