×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

३९९औँ हप्तामा वाग्मती सफाइ महाअभियान

१८ पुष २०७७

१८ पुस, काठमाडौँ।

वाग्मती सफाइ महाअभियानको ३९९औँ हप्तामा तिनकुने वाग्मतीपुल क्षेत्रमा सफाइ गरिएको छ । सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए । सफाइ महाअभियानका प्रमुख अभियानकर्मी नेपाल सरकारका पूर्वमुख्यसचिव लीलामणि पौडेललगायतको सक्रियतामा सफाइ भएको हो ।

सफाइमा काठमाडौंँ महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेकुका प्रमुख हरिकुमार श्रेष्ठ, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, एस ट्राभल्स, वाग्मती फोहर उन्मूलन उपभोक्ता मञ्च, आलोकनगर समुदाय, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं कर्मचारी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र वाग्मती सफाइ महाअभियानका अभियानकर्मीको पनि सफाइमा सक्रियता रहेको अभियानकर्मी माला खरेलले जानकारी दिइन्।

महानगरपालिका वातावरण व्यवस्थापन विभाग, अधिकार सम्पन्न वाग्मती समिति र वाग्मती अभियानकर्मीको संयुक्त प्रयासमा फोहर गर्नेलाई गत हप्तादेखि दण्ड जरिवाना स्वरुप शुल्क उठाउन शुरु गरिएकामा यो हप्ता रु तीन हजार ५०० जरिवाना गराइएको छ । राजधानीका सबै स्थानीय तहलाई जरिवाना गर्न अनुरोध गरिएको महाअभियानले जनाएको छ । आलोकनगर वाग्मती नदी किनारमा विहान बेलुका व्यायाम गर्न आउनेका लागि उद्यानको निर्माण गरिएको छ ।

अर्को शनिवार पुस २५ गते सफाइ महाअभियानको ४०० औँ हप्तामा मीनभवन क्षेत्रमै मुख्य कार्यक्रम गरिने भएको छ । कार्यक्रमका लागि महाअभियानले सबैमा निमन्त्रणा समेत गरेको छ । तीनकुने पुल क्षेत्रको वाग्मती किनारमा बिहान ८ बजेदेखि १० बजेसम्म मुख्य कार्यक्रम गरिने महाअभियानले जनाएको छ । त्यसै दिन उपत्यकाका अन्य छ स्थानमा पनि जनचेतनामूलक अभियानसहित सफाइ गरिने अभियानकर्मी गोविन्द काफ्लेले राससलाई जानकारी दिए। मुख्य कार्यक्रममा भाग लिन नसक्नेले अन्य स्थानका कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् ।

विष्णुमती सफाइ अभियानको ३२८ औँ हप्तामा तारकेश्वर नगरपालिका–११ शेषमती नदीबाट वडा नं. ९ सुन्दरबस्तीसम्म तारकेश्वर सफाइ अभियानको संयोजनामा काम गरिएको छ । यसैगरी काठमाडौँ महानगरपालिका–१७ खुसीबुँ नयाँपुल क्षेत्रमा पनि सफाइ गरिएको संयोजक शोभाकान्त पाण्डेले राससलाई जानकारी दिए । यस क्षेत्रको सफाइ बाल उद्यान सेवा समितिका अध्यक्ष राम श्रेष्ठको नेतृत्वमा भएको हो ।

विष्णुमती नदीको मुहान क्षेत्र अर्थात् बूढानीलकण्ठ नगरपालिका वडा नं. ४ लुडेखोलाको दोभान क्षेत्रमा अभियानकर्मी रामकुमार श्रेष्ठको नेतृत्वमा सफाइ गरिएको छ । यसैगरी आज उपत्यकाका गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, मनोहरा, चक्रपथको उत्तरी र पश्चिमी भेग, ललितपुरको गोदावरी खोलामा पनि जनचेतनासहित विशेष सफाइ अभियान सम्पन्न भएको छ ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएको थियो । महाअभियान शुरु भएपछि प्रत्येक हप्ताको शनिबार बिहान सातबजेदेखि नौ बजेसम्म निरन्तर सफाइ हुँदै आएको छ । जाडो, वर्षा, चाडपर्व, भूकम्पआदि प्रकोप र कोरोना महामारीका बेलासमेत स्वास्थ्य सुरक्षाका विधि अपनाएर स्वतःस्फूर्त रुपमा देशका लागि दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सफाइ भइरहेको छ ।

वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदी, उपत्यका विभिन्न स्थानलगायत देशका मुख्य मुख्य शहरमा गरी १०६ स्थानमा सफाइ अभियान चलिरहेको छ । वाग्मती सफाइ महाअभियान ४०० हप्तामा प्रवेश गर्न लाग्दा पनि नदीमा आशातीत सफलता हासिल हुन नसकेको गुनासोसमेत सुनिने गरेको छ ।रासस

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top