१८ पुस, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्जको परिसूचक सन् २०२० को एक वर्षको अवधिमा करिव ८० प्रतिशतले बढेको छ ।
अघिल्लो वर्ष २०१९ को अन्तिम कारोबार दिन ११६६.०४ विन्दुमा रहेको नेप्से सूचक सन २०२० को अन्तिम कारोबार दिनमा गत यसै साताको विहिवार २०८७.२८ विन्दुमा पुगेको छ ।
यस अवधिमा सबै धेरै शेयरमूल्य हिमालयन डिस्टीलरीको बढेको छ । हिमालयन डिस्टीलरीको शेयरमूल्य ३२० प्रतिशतले बढेर ३ हजार ५२० रुपैयाँ पुगेको छ ।
शेयरमूल्य उच्च हुने शीर्ष १० मा हिमालयन डिस्टिलरी सहित साल्ट ट्रेडिङ्ग कर्पाेरेशन, नागारिक लगानी कोष, शिवम् सिमेन्ट, मन्जुश्री फाइनान्स, नेको इन्स्योरेन्स, एनआईसी एशिया बैंक, अपि पावर, सिभिल लघुवित्त र मिथिला लघुवित्त वित्तीय संस्था रहेका छन् ।