२५ पुस, काठमाडौँ ।
काठमाडौंको टोखास्थित ग्रिन भिल्ला कोलोनीमा एक दम्पती मृत फेला परेका छन् ।
शुक्रवार पौने ९ बजे ग्रिन भिलामा बस्ने ३३ वर्षीया सुदिक्षा गिरी र उमेश केसी मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले जानकारी दिए ।
कोठाभित्र मृत अवस्थामा पल्टिरहेको अवस्थामा उमेशको शव प्रहरीले बरामद गरेको छ । पत्नी सुदिक्षाचाहिँ झुण्डिएको अवस्थामा फेला परेकी छिन् । उमेश र सुदिक्षा इन्जिनियर भएको बताइएको छ ।
घटनास्थलमा रगत लागेका अवस्थामा सिलौटो फेला परेको छ । सुदिक्षाले सिलौटाले हिर्काएर उमेशको हत्या गरेर आफु झुण्डिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
उमेशको परिवार अमेरिका बस्दै आएका छन् । उमेश केही समयअघि अमेरिकाबाट काठमाडौं फर्केका हुन् । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको र घटनाबारे विस्तृत अनुसन्धान भईरहेको डिएसपी विष्टले बताए ।