२५ पुस, एजेन्सी ।
८८ मिलियन भन्दा धेरै फलोअर्स रहेको व्यक्तिगत एकाउन्ट @realDonaldTrump ट्वीटरले सदाका लागि प्रतिबन्धित गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको आधिकारिक ह्याण्डल प्रयोग गर्दै आक्रोस पोखेका छन् ।
उनले @POTUS ह्याण्डलबाट ट्वीट गरि सामाजिक सञ्जाल ट्वीटरलाई गाली गरेका थिए । तर तत्कालै ट्वीटरले सो ट्वीट डिलिट गरेको छ ।
उनले ट्वीटरले डेमोक्र्याटसँग मिलेर आफूलाई चुप गराउन खोजेको तथा वामपन्थ तर्फ थप उन्मुख भएको भन्दै आफ्ना मतदातालाई सम्बोधन गरि लगातार ट्वीट गरेका थिए ।
सो ट्वीट केही मिनेट भित्रै थाहा पाएर डिलिट गरिएको र आउँदा समयमा राष्ट्रपतिको आधिकारिक ट्वीटर ह्याण्डलबाट त्यस किसिमका ट्वीट हुनबाट रोकिने ट्वीटरले जनाएको छ ।
यस्तै डोनाल्ड ट्रम्पले अर्को कुनै नयाँ ह्याण्डल बनाए पनि त्यसलाई तत्काल निलम्बित गरिने ट्वीटरले जनाएको छ । हिंसात्मक गतिविधिका लागि उक्साउन सक्ने भन्दै ट्रम्पको ह्याण्डल निलम्बित गरिएको हो ।
