विदेशी कम्पनी वा व्यक्तिबाट वैदेशिक ऋण भित्र्याउने नियममा कडाइ

विदेशी कम्पनी वा व्यक्तिबाट वैदेशिक ऋण भित्र्याउने नियममा कडाइ

२९ पौष, काठमाडौँ । नेपाली कम्पनी वा उद्योगले आफ्नै विदेशी कम्पनी वा व्यक्तिबाट वैदेशिक ऋण भित्र्याउने नियममा नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ ।

२०७६ सालको एकीकृत परिपत्र संशोधन गर्दै राष्ट्र बैंकले नेपाली कम्पनी वा उद्योगले आफ्नै विदेशी कम्पनी या व्यक्तिबाट ऋण लिँदा नेपाली बैंक तथा वित्तीय संस्थाबाट उपलब्ध हुन नसकेकोबारे विस्तृत जानकारी खुलाउनुपर्ने व्यवस्था गरेको हो ।

यस्तै विदेशी लगानीकर्ताले प्रवाह गरेको ऋणको हकमा नेपालमा पुँजी शेयरमा रहेको ६० प्रतिशतभन्दा धेरै ऋण दिन पनि पाउने छैनन् ।

ऋणबापतको रकम सम्बन्धित कम्पनीले उद्योगको तोकिएको क्षेत्रमा मात्रै उपयोग गर्न पाउने पनि राष्ट्र बैंकले जनाएको छ । यस्तै विदेशबाट ऋण लिनै पर्ने आवश्यकता रहेको पुष्टि पनि कम्पनी वा उद्योगले गर्नुपर्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.