×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

दुबईमा ४१ नेपाली जेल सजाय भोग्दै, जेलमा रहेकाको अवस्थाबारे अध्ययन गर्दै दूतावास

४ माघ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा ४१ जना नेपालीले जेल जीवन बिताइरहेका छन् ।

त्यहाँका जेलमा रहेका नेपालीको अवस्थाबारे अध्ययन गर्न सुरु गरेको नेपाली दूतावास आबुधाबीका अनुसार जेलमा ३७ पुरुषसहित चार जना महिला रहेका छन् भने चार जना सजाय पूरा गरी नेपाल फर्किएका छन् ।

दूतावासको टोली जेल पुगेको केही दिनमै एक महिलालाई नेपाल फिर्ता पठाइएको छ । बाँकी १ जना महिलासहित २ पुरुष गरी ४ जनाले जेल सजाय पूरा गरी नेपाल फर्किएको दूतावासले जनाएको छ । दुबई जेलमा रहेका नेपालीलाई दूतावासका प्रतिनिधिले भेटसमेत गरेका छन् ।

दुबईको जेलमा रहेका नेपालीको अवस्था बुझ्न यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालसहित श्रम काउन्सेलर निर्मला थापा, स्थानीय जनसम्पर्क अधिकृत (पीआरओ) इरफान आलम दुबईको अल अविरमा रहेको सेन्ट्रल जेलमा पुगेका हुन् ।

दूतावासको टोलीले जेलमा रहेका नेपालीको अवस्था, आवश्यक कानुनी सहयोग तथा कागजी प्रक्रियाबारे सहजीकरण गरेको थियो । अघिल्ला वर्षहरुमा जस्तै वर्षमा दुई पटक जेल भ्रमण गर्ने योजना भए पनि सन् २०२० मा कोरोनाका कारण दूतावासले जेल भ्रमण गर्न सकेको थिएन ।

तर यस वर्ष भने सातैवटा इमीरेट्स पुगेर त्यहाँका ८ वटा कारागारमा कैदी जीवन बिताइ रहेका नेपालीको मुद्दा, उनीहरुमाथि लागेको आरोप र अवस्थाबारे जानकारी लिने दूतावासले जनाएको छ ।

त्यस्तै उनीहरुलाई लागेको आरोप वा मुद्दाका विषयमा दूतावासले गर्न सक्ने कानूनी सहजीकरण, कानूनी सजाय पूरा गरेर नेपाल फर्किनेलाई हवाई टिकटको व्यवस्था गर्ने योजना अनुरुप अभियान सुरु गरेको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिए । धेरैजसो नेपाली जेल पर्नुको मुख्य कारण जाँडरक्सी देखिएको छ ।

यसअघिको तथ्याँक अनुसार अनियन्त्रित रुपमा जाँड रक्सी पिउने र झै–झगडा गर्ने तथा झगडाले उग्र रुप लिंदा हत्यासमेत भएका घटना यूएईमा भएका छन् । त्यस्ता काममा संलग्न केही अहिले पनि दुबईको जेलमा छन ।

त्यस्तै कतिपयले सामाजिक मूल्य र मान्यता विपरीत यूएईमा अबैध यौन क्रियाकलाप, सार्वजनिक स्थलमा जथाभावी गतिविधि तथा अवैध सम्बन्ध गांसेर गर्भधारणा गर्ने जस्ता कारणले नेपालीहरु जेल परेका हुन् । त्यस्तै केही नेपाली लागूऔषध ओसारपोसारमासमेत संलग्न भएकाले जेल परेका हुन् ।

यूएईका जेलमा लागू औषध ओसारपोसार तथा कारोबारमा संलग्न रहेका कारण आजीवन काराबासको सजायसमेत सुनाइएकोले त्यसतर्फ सचेत रहन दूतावासले भनेको छ ।

त्यस्तै सामाजिक सञ्जालको दुरुपयोग, अवैधानिक विप्रेषण (हुन्डी), ट्रफिक नियमको पालना, यूएईमा निषेध गरिएका वस्तुहरुको ओसारपसार जस्ता कार्यहरुमा सचेत रहन दूतावासले अनुरोधसमेत गरेको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top