विराटनगर, जेठ १९
मोरङको रंगेली नगरपालिका ८ स्थित संन्सारी मंन्दिरदेखि उत्तरमा रहेको खरबारीमा एक महिलाको रहस्यमय मृत्यु भएको अवस्थामा शव भेटिएको छ ।
निगुरो टिपेर आफ्नो दैनिकी चलाउदै आएकी महिला शनिबार खरबारीमा मृत फेला परेकी हुन ।
रंगेली ८ बस्ने राम गुलाफ कामतकी बर्ष ३५ की फुलकुमारी कामतको खरबारीमा लाश देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्कीले महिलालाई जवजस्ती करणी गरी हत्या गरिएको हुन सक्ने आशंका गरेका छन् । यद्यपि उनले घटनाका विषयमा थप अनुसन्धान भईरहेको भन्दै अहिले नै यसै भन्न नसकिने बताए ।