६ माघ, विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३ हजार ७६४ छ भने क्वारेन्टाइनमा १९० जना रहेका छन् । त्यसैगरी २४ घण्टामा ४४१ जना निको भइ डिस्चार्ज भएका छन् ।
योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६२ हजार २५९ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९६९ रहेको छ ।