×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

प्रतिनिधि सभा विघटन : राजपत्रको विषयमा वादविवाद

१२ माघ २०७७

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आइतबार सुनुवाइ प्रारम्भ हुनुअघि नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार निवेदकद्वारा इजलासमा निवेदन पेस भयो । निवेदक कृष्णभक्त पोखरेलले वरिष्ठ अघिवक्ता रमनकुमार श्रेष्ठमार्फत इजलास अधिकृतलाई निवेदन दिए । विषय थियो, ‘‘हालै प्रकाशित भएको विघटनको सूचना समेटिएको राजपत्र ।’’ राजपत्र प्रकाशित गर्दा कानुन बमोजिमका प्रक्रिया अपनाइएको हो, हैन भन्ने विषयसँग सम्बन्धित कागजात माग गर्नसमेत निवेदन दाबी छ । प्रधानमन्त्री नियुक्तिसम्बन्धी राजपत्र इजलासमा पेसको आदेशका लागि पनि निवेदनमा माग गरिएको छ ।

इजलास सुरु हुनसाथ श्रेष्ठले उक्त निवेदनबारे इजलासमा जानकारी दिन समय माग गरे । तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले श्रेष्ठलाई रोक्नुभयो । निवेदनबारे इजलासलाई जानकारी भइसकेको र मुद्दा प्रक्रियामा रहेकाले बेन्चले आवश्यक विचार गर्ने जवाफ जबराको थियो । तर श्रेष्ठले दुई मिनेट समय माग गरे । त्यसलाई पनि जबराले इन्कार नै गरे ।

Advertisement

श्रेष्ठले निरन्तर विषय प्रवेशको प्रयास गरिरहँदा महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेय र पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता सुशील पन्तले समेत विरोध जनाए ।

महान्यायाधिवक्ता खरेलले प्रक्रिया अगाडि बढिसकेको अवस्थामा निवेदन पेस गर्दै थप समय लिनुभन्दा बहसकै क्रममा धारणा राख्न माग गरे । नायब महान्यायाधिवक्ता पाण्डेयले सूचना छापिएको राजपत्रको विषय बहसका क्रममा प्रवेश गरेकाले सोही प्रक्रियामा नै थप विषय राख्नुपर्ने उनको माग थियो । समय माग गर्ने र किन दिने भन्ने पक्षले एकसाथ धारणा राख्दा इजलासमा केही समय होहल्ला नै चल्यो ।

वादविवाद भइरहेपछि प्रधानन्यायाधीश जबराले निवेदन इजलासले जानकारी लिइसकेकाले धारणा राख्न अनुमति नदिने जानकारी पुनः गराए। उनले इजलासको समयमा ध्यान दिन र नियमित बहसमा प्रवेश गर्न पनि कानुन व्यवसायीहरूलाई आग्रह गरे ।

छैटौँ निवेदनमा विषय प्रवेश

इजलासमा वादविवाद सम्पन्न भएसँगै निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस प्रारम्भ गरे । त्रिपाठीले पनि विषय प्रवेशभन्दा पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा कानुन व्यवसायी र अदालतप्रति अवहेलनाजन्य भाषण गरिरहनुभएको जिकिर गरे । उनले आइन्दा यस्तो नबोल्न आदेशै हुनुपर्ने माग राखे।

तर प्रधानन्यायाधीश जबराले त्रिपाठीलाई त्यस विषयमा पनि धारणा राख्न रोके । उनले बाहिर चलाएका हल्लाका आधारमा कसकसलाई इजलासमा ल्याउने भन्दै त्रिपाठीलाई नै प्रतिप्रश्न गरे । जबराले भने , ‘‘हामीले बजारको हल्ला सुन्ने रु’’

प्रधानन्यायाधीशले थप धारणा राख्न नदिएपछि त्रिपाठीले निवेदन केन्द्रित बहस थाले । उनले विगतको संसदीय अभ्यास र अनुभवका आधारमा नै संविधानले सुधारिएको संसदीय प्रणाली अवलम्बन गरेको बताए । प्रचलित अवस्थामा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न नसक्ने उनको जिकिर छ । सरकार गठनको विकल्प रहँदासम्म सभा विघटन हुन नसक्ने त्रिपाठीको जिकिर छ ।

संविधानले नै विघटनबारे स्पस्ट व्यवस्था गरेकाले थप व्याख्याको आवश्यकता नै नरहेको उनको जिकिर छ । विघटन सदर गर्दा राष्ट्रपतिले जिकिर गरेको संवैधानिक मूल्य, मान्यता र विगतको अभ्यासलाई संवैधानिक विकासक्रमसँग जोडेर हेर्नुपर्ने उनको सुझाव छ । कुनै एक धारामा विघटन भन्ने शब्द परेका आधारमा प्रतिनिधि सभा विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको जिकिर त्रिपाठीको छ ।

यस्तै, नेकपाको तर्फबाट दर्ता निवेदनमा पनि आइतबारदेखि नै सुनुवाइ प्रारम्भ भएको छ । देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री निवेदक रहेको रिटको बहसको प्रारम्भ अधिवक्ता मेघराज पोखरेलले गरेका छन्। इजलाससमक्ष उनले बहसका लागि दुई घण्टाको समय माग गरेका छन् । उनको बहस सोमबार पनि निरन्तर हुनेछ ।

प्रश्नभित्र रहेर बहस गर्न आग्रह
पोखरेललाई इजलासले बहसका प्रारम्भमा नै आधा दर्जन प्रश्न गरेको छ । धेरै विषयवस्तु आइसकेको भन्दै प्रश्नभित्र रहेर बहस गर्न आग्रहसमेत गरेको छ । बहसको प्रारम्भमा नै न्यायाधीश सपना प्रधान मल्लले संविधानको प्रारम्भिक मस्यौदा र जारी हुँदा हालको धारा ७६ को व्यवस्था परिवर्तन भएको र हालको उपधारा ५ को व्यवस्था थप भएको बताउँदै ७६९१० को प्रधानमन्त्रीले विघटनको अधिकार पाउने वा नपाउने प्रश्न गरे ।

साथै उनले प्रधानमन्त्रीको लिखित जवाफमा सरकार चलाउन नपाएको, बाध्यताका कारण विघटन गरेको उल्लेख गरेकोमा बदनियत कहाँ देख्नुहुन्छ भनी प्रश्न गरेका थिए । उनले प्रधानमन्त्रीले भनेजस्तो विशेषाधिकार संविधानले दिए वा नदिएकोमा पनि केन्द्रित हुन अधिवक्ता पोखरेललाई आग्रह गरे ।

यस्तै प्रधानन्यायाधीश जबराले धारा ७६९१० को सरकारलाई विश्वासको मतसमेत दिनु नपर्ने उन्मुक्ति संविधानले दिएको अवस्थामा संसद्प्रतिको जवाफदेहिता कसरी र उन्मुक्ति कसरी भन्ने प्रश्न गरेका थिए ।

यस्तै इजलासले धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नै चयन नभएमा सोभन्दा अघिका प्रधानमन्त्री क्रियाशील हुन सक्छन् वा सक्दैनन् भन्ने प्रश्न भएको थियो । इजलासमा उपधारा ५ बमोजिम कसैले पनि प्रधानमन्त्री नै दाबी नगरे तथा विश्वासको मत लिनेले पनि मत नपाए विघटन कसले गर्न सक्छ भन्ने प्रश्न उठाइएको थियो ।

Advertisement

प्रश्नपछि बहसको प्रारम्भ गरेका पोखरेलले प्रधानमन्त्रीले संविधानको धारा ७४ लाई नै आफ्नो अन्तर्निहित अधिकारका रूपमा लिखित जवाफमा पेस गरेको बताए । धारा ५८ को कार्यकारी अधिकारलाई पनि उनले लिखित जवाफमा पेस गरेको पनि उल्लेख गरे । ती धाराहरूलाई संविधानका अन्य धारासँग तुलनात्मक रूपमा व्याख्या र प्रयोग गर्नुपर्ने पनि उनको भनाइ छ । आइतबार अधिवक्ताहरू निकिता ढुङ्गाना, दीपक राई, केदार कार्की, वीरेन्द्र ठाकुर, किवाहाङ राईलगायतले बहस गरे ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top