मूल्य वृद्धि फिर्ता गर्न माग

मूल्य वृद्धि फिर्ता गर्न माग

काठमाडौँ, जेठ २१
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिई उपभोग्य वस्तुमा बढेको महँगी घटाउन सरकारसँग माग गरेको छ ।

मोर्चाका अध्यक्ष सिपी गजुरेलले आज एक विज्ञप्तिमार्फत ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा लगाउँदै आएको वर्तमान सरकारले पेट्रोलियम पदार्थको पाँचौँपटक मूल्य वृद्धि गरेको जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असरले चौतर्फीरुपमा बढेको महँगी नागरिकका लागि थेगी नसक्नु भएको भन्दै मोर्चाले उपभोग्य वस्तुमा बढेको महँगी घटाउन तुरुन्त कदम चाल्न सरकारसँग माग गरेको हो ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.