१३ माघ, काठमाडौं ।
पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।
ढुंगानाले न्यायाधीशविरुद्ध आपत्तिजनक टिप्पणी गरेको भन्दै राजाराम घिमिरेसहित ४ जनाले ढुंगानाविरुद्ध दिएको अवहेलना मुद्दा सर्वोच्च प्रशासनले दर्ता गरेको हो ।
ढुंगानाले अदालतले शत प्रतिशत संसद ब्यूँताउनुपर्छ, सडकबाट न्यायाधीश तान्ने दिन आउन सक्छ भनी टिप्पणी गरेका थिए ।
मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धकाे अदालतको अवहेलना मुद्दा सर्वोच्चमा दर्ता भएको छ ।