×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

१४ माघ, काठमाडौं ।

सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका हुन् ।

विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को शिशिर याममा सफल आरोहण गरी नयाँ अभिलेख बनाएका निर्मल पुर्जा ‘निम्स’ सहितका १० नेपाली आरोहीलाई मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित सम्मान तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आरोहणकै क्षेत्रमा असाधारण योगदान गर्नेका लागि विशेष सम्मानको व्यवस्था गरिने बताए ।

“हामी (सरकार) आरोहीका लागि विशेष सम्मानको व्यवस्था गर्छौं, यद्यपि राष्ट्रिय तहमा विभिन्न प्रकारका मानपदवी रहेको छ, तर एक्सिपिडिसनकै निम्ति अहिलेसम्म छुट्टै सम्मान छैन । अबउप्रान्त ‘एक्सिपिडिसन अवार्ड’को व्यवस्था गर्छौं, त्यो ‘माउन्टेन टाइगर’ ‘माउन्टेन टप्स’ अथवा अरु प्रकारका मान पदवी हुनसक्छ । कति आरोहण गरेका कस्ता व्यक्तिलाई पुरस्कार दिने भन्नेबारे मापदण्ड बनाउछौँ”, उनले भने।

प्रधानमन्त्री ओलीले कठिन परिस्थितिमा आवतजावतका लागि असहज भएको अवस्थामा पनि माउन्ट केटूको सफल अरोहण गर्नु सबैका निम्ति प्रेरणादायी भएको बताए । उनले भने, “आरोहणका अलावा यहाँका अरु खेल मामूली हुन्, चेसमा प्रथम हुनु र सगरमाथाको आरोहण फरक किसिमको हो । तपाईंहरुबाट सबैले प्रेरणा लिन सक्छन्, लिइरहेका पनि होलान् । हामीले देशका लागि केही गर्नुपर्छ । तपाईंहरुले देशको पहिचान र गौरवलाई माथि उठाउनुभएकामा हार्दिक बधाईका साथ आगामी दिनमा थप सफलताको कामना गर्दछौँ ।” उनले पर्वतारोहण जोखिमपूर्ण भएकाले सावधानीका साथ साहसिक आरोहण क्षेत्रमा लाग्न पनि सुझाए ।

आठ हजार ८४८ दशमलव ८६ मिटर अग्लो विश्वको सबैभन्दा अग्लो हिमाल ‘सगरमाथा’सहित हिमाल आरोहण गरेर अदम्य साहस प्रस्तुत गरी आरोहीले विश्व कीर्तिमान बनाएका छन् । सन् १९५३ मा नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरी विरताको गाथा प्रस्तुत गरेयता पछिल्लो पटक कामीरिता शेर्पाले अघिल्लो वसन्तकालीन याममा २४ औँ पटक सगरमाथा आरोहण गरी कीतिमान कायम गरेका छन् । यसरी कसैले बिना अक्सिजन, कतिपयले कम उमेरमा धेरै पटक सगरमाथा आरोहण गरेका धेरै विश्व रेकर्ड छन् । आफ्नो ज्यानको जोखिम मोलेर आरोहणमा उत्रने सबै आरोहीको सम्मानमा सरकारले विशेष मानपदवीको व्यवस्था गर्ने भएको छ ।

माउन्ट केटु म पनि जान पाएको भए…

प्रधानमन्त्री ओलीले ठट्यौली पारामा हिमाल आरोहण जोखिमपूर्ण भएको र जो कोहीले आरोहण गर्न नसक्ने जनाउँदै सहज भएको भए आफू पनि आरोहणमा जान सक्ने बताए। उनले भने, “आरोहण मुस्किल छ, कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो, १० जनामा ११ हुन्थ्यो, प्रधानमन्त्री नै आरोहणमा गएपछि अझ बढी धुमधाम हुन्थ्यो होला, त्यो दुस्साहस आफूले गरेको भए फर्केर न आउने थिए होला ।

प्रधानमन्त्री ओलीले कीर्तिमान राख्ने गरी हिमाल चढ्न जाँदा सरकारलाई औपचारिक जानकारी गराएमा राज्यका तर्फबाट उचित सहयोग गरिने वचन दिए । “यति ठूलो काममा जाँदा सरकारलाई पनि जानकारी गराउनुहोस्, धेरै नसकौँला, गच्छेअनुसार सहयोग गर्न सरकार तत्पर छ”, उनले भने।

जीवनकै जोखिम मोलेर विश्वकै कठिन हिमालको सफल आरोहण गरी फर्केका आरोहीको स्वागत तथा सम्मान गर्दै उनले आरोहणले देशको पहिचानलाई बढाउनाका साथै नेपाल साँच्चिकै बहादुरहरुको देश भएको पुष्टि गरेको बताए ।

सबै पर्वतारोही साहसका प्रतीक हुन् भन्दै प्रधानमन्त्री ओलीले असाधारण साहसका साथ आरोहीले देखाएको बहादुरीपूर्ण कार्यको प्रशंसा गरे। “निकै मेहनत र परिश्रमका साथ केटूजस्तो कठिन हिमाल आरोहण सफलता प्राप्त गर्नु देश र सरकारकै तर्फबाट हार्दिक स्वागत र बधाई ज्ञापन गर्दछु, तपाईंहरुको यो साँच्चिकै प्रशंसायोग्य काम हो”, उनले भने ।

पर्यटक आवागमनलाई सहज बनाइने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले असहज परिस्थिति भए पनि आरोहीले अदम्य साहसका साथ नेपालको इतिहास लेखाउने कार्यमा सफलता प्राप्त गरेकामा सरकारका तर्फबाट सम्मान व्यक्त गरे। उनले भने, “यो सफलताले हरेक अप्ठयारा कुनै काम बाँकी छन् भने त्यो नेपालीले मात्रै गर्न सक्छन् भन्ने केटू हिमालको आरोहणको सफलताले पुष्टि गरेको छ ।”

आरोहीको योगदानलाई राज्यले उच्च सम्मानका साथ आगामी दिनमा प्रवद्र्धन गर्ने नीति लिएको उल्लेख गर्दै मन्त्री ढकालले साहसिक कार्यको योगदानलाई राज्यले उचित मूल्याङ्कन गरी आरोहीको संरक्षणमा विशेष ध्यान दिने बताए ।

उनले कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित मुलुकको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन अन्तरमन्त्रालय छलफल गरी ठोस कदम चालिने तथा पर्यटन प्रवद्र्धन तथा उत्साहका साथ गतिविधि बढाउन पनि सरकारले सबैखाले प्रयास गरिरहेको बताए । विदेशी पर्यटक आवागमनलाई सहज तुल्याउन ‘अनअराइभल’ प्रवेशाज्ञाको व्यवस्था तथा हालको स्वास्थ्य मापदण्डलाई खुकुलो बनाउनेतर्फ पनि सरकारले आवश्यक गृहकार्य गरिरहेको उहाँले जानकारी दिए।

कीर्तिमानी आरोही निर्मल पुर्जाले माइनस ६५ डिग्री सेल्सियस तापक्रममा अनेक दुःख र कष्टका साथ केटूको शिखर पुगेर नेपालको शानलाई उँचो बनाउन पाएकामा गौरवको महसुस भएको बताए । “खासमा यो पटक केटू आरोहण जाने कुनै योजना थिएन तर समाचार हेर्दा कतिपय देशका आरोहीले केटू आरोहण गरी उनीहरुको नाममा लाने भन्ने सुनेपछि फटाफट झोला बोकेर आरोहणमा हिँडियो, किनकी यो समयमा हामीले हाम्रो हक लिन सकिएन भने भविष्यमा सकिँदैन भन्ने निष्कर्षका साथ आरोहण यात्रामा लागियो”, उनले भने ।

नेपाल पर्यटन बोर्डले आयोजना गरेको आरोही सम्मान कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, पर्यटनमन्त्रालयका सचिव यादवप्रसाद कोइराला तथा पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रतिनिधि, आरोही, पर्यटन व्यवसायीलगायतको सहभागिता थियो ।

सोही अवसरमा केटू आरोहणमा लगेको नेपालको राष्ट्रिय झण्डा आरोही टोलीले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको थियो । प्रधानमन्त्री ओलीले आरोहणमा लगिएको झण्डालाई आरोहीको नाम राखेर सुरक्षित ढङ्गले राखिने बताए ।

पुर्जासहित १० नेपाली आरोही समूहले केटू आरोहणमा कीर्तिमान कायम गरेका हुन् । पाकिस्तान र चीनको सिमानामा अवस्थित आठ हजार ६११ मिटर अग्लो केटूको जाडो याममा आरोहण गर्ने विश्वकै पहिलो आरोही बन्न सफल भएका छन् । निर्मलसँगै मिग्माडेभिड शेर्पा, मिङ्मा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमाचिरी शेर्पा, दावाछिरी शेर्पा, किलु शेर्पा, मिङमा जी, दावातेन्जिङ शेर्पा र सोना शेर्पा टोलीले केटू हिमाल आरोहण गरेको हो । नेपाली आरोही समूह यही माघ ३ राति १ बजे केटूको शिखरमा पुगेको थियो । चुचुरामा नेपालको राष्ट्रिय गानका साथ नेपाली झण्डा फहराइएको थियो ।

राष्ट्रपतिको बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले माउन्ट केटूको सफल आरोहण गरी स्वदेश फर्किएको कीर्तिमानी आरोही टोलीलाई बधाई ज्ञापन गरेकी छन् । राष्ट्रपति भण्डारीले ट्वीट गर्दै नेपालको राष्ट्रिय गान गाउँदै केटूको शिखरमा आरोहण गरेकामा नेपाल र नेपाली गौरवान्वित भएको बताएकी छन् । -रासस

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top