×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रतिनिधिसभा विघटनविरुद्ध जारी सुनुवाई हेर्दाहेदैमा

१४ माघ, काठमाडौँ ।

प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमाथिको जारी सुनुवाइ हेर्दाहेर्दैमा भोलि बिहीबारका लागि तोकिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको निरन्तर सुनुवाइमा आज पनि रिट निवेदन तर्फकै कानुन व्यवसायीको बहस नसकिएकाले हेर्दाहेर्दैमा भोलिका लागि तोकिएको हो ।

आजको सुनुवाइमा वरिष्ठ अधिवक्ता युवराज संग्रौला, शेरबहादुर केसी र हरिहर दाहालले रिट निवेदकका तर्फबाट बहस गरेका थिए ।

बहसका क्रममा वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले प्रतिनिधिसभा पुनर्स्थापना नभए संविधानतः प्रतिनिधिसभाको आगामी कार्यकाल २ वर्षमा सीमित हुने बताए।

संवैधानिक इजलासमा जारी आजको बहस पनि बहुमत प्राप्त प्रधानमन्त्रीले गर्नुभएको प्रतिनिधिसभा विघटन वैधानिक हो या होइन भन्ने विषयमा नै केन्द्रित रहेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमा माघ ४ गतेदेखि एकसाथ सुनुवाइ गरिरहेको छ ।

भर्खरको समाचार

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

सम्बन्धित खबरहरु

Scroll to Top