×

NEPAL TIMES UPDATES

Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026

विखण्डनकारी र हिंसा भड्काउनेलाई कारवाही : प्रधानमन्त्री ओली

२१ जेष्ठ २०७५

हेटौँडा, जेठ २१

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विखण्डन गर्न खोज्ने र साम्प्रदायिक हिंसा भड्काउने समूहलाई सरकारले संयमका साथ मूल प्रवाहमा ल्याउन कोशिश गरिरहेको तर अटेर गरी अघि बढेमा सरकारले कडा कारवाही गर्ने दृढता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरद्वारा आज आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सरकारमा नरहेका पार्टीलाई पनि राष्ट्रको मूल प्रवाहमा ल्याई दिगो शान्ति र राजनीतिक स्थायित्व प्रदान गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ उन्मुख गराइने बताए ।

उनले छिमेकी भारत र चीनसँग परिपक्व कूटनीतिक सम्बन्ध राख्दै केही वर्षभित्रै भारतको रक्सौल तथा चीनको केरुङबाट काठमाडौँ जोड्ने रेल्वे र पानीजहाज चलाउने कार्यक्रमलाई दृढताका साथ कार्यान्वयन गरिने बताए । उनले कार्यकर्तालाई राष्ट्रिय अखण्डताप्रति संवेदनशील हुँदै जनताको घरदैलोमा पुगेर पार्टी संगठनलाई क्रियाशील बनाउन तथा नेतामुखी र गुटबन्दीबाट अलग रहन सल्लाह दिए ।

भेलामा प्रदेशसभा सदस्यद्वय मुनु सिग्देल र कुमारी मोक्तानले प्रदेशका १३ जिल्लामा राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्न केन्द्रीय सरकारबाट बजेट उपलब्ध गराउन प्रधानमन्त्रीसँग माग गरे ।

प्रधानमन्त्रीले आजै प्रदेश नं ३ का मुख्यमन्त्री तथा मन्त्री र विभिन्न मन्त्रालयका सचिवसँग आज मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा प्रदेश सरकारले जनताका लागि सुशासन र दिगो विकास दिन आवधिक योजना तर्जुमा गरी कार्यान्वयन गर्न आग्रह गरे । उनले सरकारको कामकारवाही पारदर्शी र निष्पक्षताका साथ सम्पन्न गर्न र आवश्यक ऐनकानून तर्जुमा गरी आगामी आवदेखि सरकारको प्रभावकारिता बढाउन अनुरोध गरे।
रासस

 

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top