×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

वातावरणीय संरक्षणमा नेपालको योगदान महत्वपूर्ण छः प्रम

२२ जेष्ठ २०७५

काठमाडौँ, जेठ २२
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व वातावरणीय संरक्षणमा नेपालको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

विश्व वातावरणीय दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उनले नेपालले ४५ प्रतिशत वन क्षेत्र राखेर विश्व पर्यावरणीय क्षेत्रमा योगदान पु¥याइरहेको बताउँदै विश्वका सबै देशलाई आफ्नो हैसियतअनुसार योगदान गर्न आह्वान गरे ।

Advertisement

विश्वका केही ठूला र धनी देशले वातावरण संरक्षणका बारेमा नेपाललाई उपदेश दिने गरेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले गाउँमा खाना पकाउँदा दाउरा बाल्ने कार्यभन्दा औद्यौगिक राष्ट्रले गर्ने रसायन प्रदूषण कैयाैँ गुणा बढी घातक भएको तर्फ ध्यानाकर्षण गराए।

प्रधानमन्त्री ओलीले भने, “चेतनाको कमी, विकासको आकांक्षा र असन्तुलित विकासका कारण वातावरण केही बिग्रेको छ, वातावरणीय सन्तुलन बिग्रियो भने असाधारण विनाशकारी सामना गर्नुपर्छ । तसर्थ वातावरणीय सुरक्षित भविष्यका लागि विश्वको सामूहिक प्रयास जरुरी छ ।”

सम्पूर्ण प्राणीको जीवन र भविष्यका लागि दिगो वातावरण संरक्षण आवश्यक रहेकामा जोड दिँदै उनले यसका लागि सबैले आफ्नो घर, टोल र बस्तीबाट प्रतिबद्ध भएर लाग्नु जरुरी रहेको औँल्याए । दिगो विकासका लक्ष्य हासिल गर्न सन्तुलित तथा दिगो विकास आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसतर्फ सरकार सजग एवं जिम्मेवार रहेको बताए ।

कार्यक्रममा भौतिक तथा यातायातमन्त्री रघुवीर महासेठले आफ्नो मन्त्रालयले आगामी पाँच वर्षभित्र ५० प्रतिशतसम्म विद्युतीय सवारी साधन चलाउने नीति लिएको अवगत गराउँदै सो अभियानमा सघाउन सरोकार भएका सबैमा आग्रह गरे ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षणका क्षेत्रमा उल्लेखनीय कार्य गर्न मन्त्रालयले ‘नेपाल स्वच्छ वातावरण महाअभियान, २०७५’ कार्ययोजना शुभारम्भ गरेको बताउँदै यसलाई मुलुकभर प्रभावकारी रुपमा कार्यान्वयन गर्न अन्य मन्त्रालय, प्रदेश र स्थानीय सरकारलगायत सरोकार भएकाहरुसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले दिगो विकासका लागि आर्थिक, सामाजिक र वातावरणीय विकास आवश्यक पर्ने र वातावरण संरक्षणका लागि घरघरबाट अभियान शुरु गर्नुपर्ने सुझाव दिए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो महानगरले हरित र सुन्दर शहर बनाउने अभियान अघि बढाएको बताउँदै यसमा सबैको सक्रिय सहयोगको अपेक्षा गरे । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफ्नो महानगरमा आगामी साउन १ गतेदेखि प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरी कडाइका साथ लागू गरिने जानकारी गराए ।

Advertisement

कार्यक्रममा वातावरण संरक्षणका क्षेत्रमा योगदान पु¥याएवापत कीर्तिपुरको जलविनायक सामुदायिक वन उपभोक्ता समूह, दाङको पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र तथा सञ्चारकर्मीद्वय मुकेश पोखरेल र मनोज पौडेललाई पुरस्कृत गरिएको थियो ।
रासस

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top