१९ माघ, विराटनगर । नेपालमा आज थप १५९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २६४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७१ हजार ११८ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ६६ हजार ६०० पुगेको छ ।
कोरोना संक्रमणबाट आज कसैको मृत्यु भएको छैन । अहिलेसम्म मृत्यु हुनेको संख्या २०२९ रहेको छ ।
देशभर आज सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ८९ पुगेको छ भने क्वारेन्टिनमा ९७ जना छन् ।