२० माघ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बस दुघर्टना हुँदा १६ जना घाइते भएका छन् ।
मङ्गलवार दोलखाको बुलुङबाट काठमाडौँका लागि छुटेको रोल्वालिङ यातायातको बा २ ख २७८९ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ६ भिरकुनामा दुघर्टना हुँदा १६ जना घाइते भएको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिएका छन् ।
घाइतेको खाडीचौरको अस्पतालमा उपचार भइरहेको पनि उनले जानकारी दिए । तीव्र गतिमा आएको बस सडक छेउमा पल्टिएको बताइएको छ । चालक फरार रहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको मुडे प्रहरी पोस्टमा बसमा १५ जना यात्रु रहेको विवरण रहे पनि बीचमा यात्रु चढेकाले २५ जना जति यात्रु बसमा रहेको अनुमान गरिएको एसपी अधिकारीले बताए ।