ताप्लेजुङमा पहिरोले स्काईभेटर पुरिंदा चालक को मृत्यु

ताप्लेजुङमा पहिरोले स्काईभेटर पुरिंदा चालक को मृत्यु

विराटनगर, जेठ २४
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ मा बाटो खन्ने क्रममा माथिबाट खसेको पहिरोले स्काईभेटर पुरिंदा चालक को मृत्यु भएको छ।

स्थानीय खेजेनीमा कृषि सडक खण्डमा बाटो खन्ने क्रममा माथीबाट खसेको ढिस्कोले बा २ क ५२६३ नम्बरको स्काईभेटर पुरिंदा चालक पाँचथरका हिलिहाङ गाउँपालिका २ बस्ने ३८ वर्षीय कृष्ण बहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी सिवाले जनाएको छ।

त्यस्तै स्काईभेटरका सह–चालक विष्णु प्रसाद श्रेष्ठ समान्य घाइते भएका छन। घाइतेलाई स्थानीय अस्पतालमा उपचार गराईएको छ।

घटनास्थलमा प्रहरी चौकी सिवाबाट नेपाल प्रहरी र स्थानीय सशस्त्र प्रहरीको टोली परिचालन भई ढुङा माटो पन्छाएर चालकको शव बाहिर निकाली पोष्टमार्टमका लागी पठाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.