२८ माघ, सुनसरी । इटहरी उपमहानगरमा अपाङ्गता भएका ब्यक्ति तथा वालवालिकाका लागि भएको निशूल्क स्वास्थ्य शिविरमा ११ सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ । माघ १८ देखि २७ गते सम्म स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
प्रत्येक वडाका अपाङ्गता भएका ब्यक्तिहरुलाई सहज हुने स्थानमा स्वास्थ्य शिविर आयोजना गरिएको हो । अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्र्तगत निःशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
इटहरी उपमहानगर,प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको त्रिपक्षीय साझेदारीमा इटहरी उपमहानगरमा अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम संचालित छ ।
माघ १८ गते वडा नम्वर २को पूराणचौकमा अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम समन्वय समिति संयोजक उपमेयर लक्ष्मी गौतमले उदघाटन गरेकी थिइन् ।
त्यसपछि नौ दिनसम्म वडा वडाका पायक पर्ने स्वास्थ्य केन्द्र तथा स्थानहरुमास्वास्थ्य शिविर संचालन गरिएको थियो । स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण,मनोपरामर्श,कुपोषण सम्वन्धि परामर्श दिइएको छ ।
हाडजोर्नीको अप्रेसन र हातखुटटा वाङ्गगिएको भए उपचारका लागि रेफर गरिएको छ । यस्तै अपाङ्गता भएका ब्यक्तिहरुलाई सहायक सामग्री वितरणका लागि र अपाङ्गता परिचय पत्र प्राप्त नगरेको भए परिचय पत्रका लागि सूची समेत तयार गरिएको छ ।
सेतो छडि ,ह्वील चेयर, कृतिम अंग प्रदान गर्नुपर्नेहरुको सूचि तयार गरिएको र उनीहरुलाई ती सामग्री प्रदान गरिनेछ । आफनै गाँउठाँउमै स्वास्थ परीक्षण गर्न पाउँदा अपाङ्गता भएका ब्यक्तिहरु उत्साहित भएका छन् ।