×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

विद्युत् भार कटौती हुन थालेपछि स्थानीयवासी आन्दोलित

२९ माघ २०७७

२९ माघ, हुम्ला ।
हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक तीन पटक चर्को विद्युत् भार कटौती हुन थालेपछि यहाँका महिलाहरूले आक्रोशित हुँदै विद्युत् कार्यालय घेराउ गरेका छन् ।

सिमकोटमा दैनिक १२ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा यहाँका सेवाग्राही आन्दोलित भएका हुन् । नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाले चरम लापर्वाही गरेको भन्दै सिमकोट गाउँपालिका–६ का स्थानीय महिलाले विद्युत् कार्यालयमा पुगेर कार्यालय घेराउ गर्नुका साथै आन्दोलन गरेका हुन् ।

दिउँसो केही समय विद्युत् आपूर्ति भए पनि साँझ ४ बजेदेखि विद्युत् भार कटौती भएर राति १० बजेपछि मात्रै विद्युत् आउने हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीसहित अन्य विद्यार्थीको पठनपाठनमा समस्या निम्त्याएको भन्दै वडा नं ६ का महिला आक्रोशित भएका हुन् ।

विद्युत् समयमै उपलब्ध नहुँदा विद्यार्थी र वृद्धवृद्धालाई बढी समस्या बनाएको सो वडाका महिला हंसकला रोकायाले बताउनुभयो । महिलाहरूले सोमबारसम्म विद्युत् कार्यालयले भनेको समयमा आपूर्ति नगरे विद्युत् लाइन कटौती गर्नुका साथै आफ्नो जग्गामा गाडिएका पोल सोही कार्यालयमा निवेदन दिएर उखेलेर फ्याँक्ने चेतावनी दिएका छन् ।

लामो समयको लकडाउनपछि बल्लतल्ल विद्यालय जान पाएका विद्यार्थीलाई विद्युत् भार कटौतीको मारले विद्यालयमा शिक्षकले दिएको गृहकार्य गर्न बाधा पुगेको स्थानीयवासी उमाकला रावतले गुनासो गरे ।

“चाहिने समयमा विद्युत् आउँदैन नचाहिने समयमा दिनभरि आउँछ”, रोकायाले भने । दिउँसोदेखि राति १२ बजेसम्म विद्युत् भार कटौती हुँदा समस्या बनाएको अर्का स्थानीयवासी सुन्तला रावतले बताए ।

नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाको मुहानमा पानीको स्रोत कम भएपछि सेवाग्राहीले विद्युत् भार कटौतीको मार खेप्नुपरेको निमित्त कार्यालय प्रमुख राजकुमार बोहराले बताए ।

यहाँका स्थानीयवासीको माग सम्बोधन गर्ने तर विद्युत् भार कटौतीको अन्त्य भने नहुने उनको भनाइ थियो । चर्को विद्युत् भार कटौतीले जेठमा एसइई तयारी गर्नका लागि सदरमुकाम सिमकोट आसपासका गाउँबाट सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ ।

हेल्दुङ वितरण केन्द्र हुम्लाले बर्सेनि विभिन्न बहानामा मर्मतका लागि भन्दै लाखौँ रकम खर्च गर्ने गरेको छ । यता सेवाग्राही पुरानै सल्लाको दियालो बालेर दैनिकी चलाउन बाध्य छन् ।(रासस)

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top