NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी बुधबार अशोज १ , २०८२
जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ? बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’ बुधबार अशोज १ , २०८२
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक बुधबार अशोज १ , २०८२
मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ? बुधबार अशोज १ , २०८२
Next
Prev

समाचार

प्रदेश ५ नीति तथा कार्यक्रमः कृषि, पर्यटन र उद्योगलाई उच्च प्राथमिकता

शुक्रबार जेष्ठ २५ , २०७५
Reading Time: 1 min read
A A
प्रदेश ५ नीति तथा कार्यक्रमः कृषि, पर्यटन र उद्योगलाई उच्च प्राथमिकता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

रुपन्देही, जेठ २५

प्रदेश नं ५ को सरकारले आव २०७५ । ७६ को नीति तथा कार्यक्रममा कृषि, पर्यटन र उद्योगलाई उच्च प्राथमिकता दिएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश ५ को सरकारको नीति कार्यक्रम प्रदेश प्रमुख उमाकान्त झाले प्रस्तुत गर्दै प्रदेशअन्तर्गतका १२ वटै जिल्लाको सन्तुलित विकास गर्ने तथा प्रदेशलाई कृषि उत्पादन निर्यात गर्न सक्ने अवस्थामा पु¥याउन जलवायुअनूकुल नमूना कृषि कार्यक्रम सञ्चालन गर्ने, कृषि उत्पादनका लागि गुणस्तरीय सामग्री र कृषियन्त्र तथा औजार– उन्नत बीउबिजन– प्रविधिको विकास र विस्तारमा उच्च प्राथमिकता दिइएको बताए ।

LS Auto

‘एक गाउँ एक उत्पादन’ र समूहमा आधारित कृषि व्यवसायलाई प्रोत्साहन गरिने, ‘एक पालिका एक शीत भण्डार’ निर्माण गर्दै जाने र कृषि तथा पशुपन्छी रोग, कीरा र महामारी नियन्त्रण गर्न आवश्यक पूर्वतयारीको प्रबन्ध गरिने नीति कार्यक्रममा उल्लेख छ ।

प्रदेशको भौगलिक परिवेश, हावापानी तथा खेतीयोग्य जमिनको उपलब्धतालाई ध्यानमा राख्दै आवश्यक प्राविधिक जनशक्ति, उन्नत बीउबीजन आदिमा किसानको पहुँच बढाउँदै लैजाने र कृषिजन्य उत्पादन एवं व्यापारलाई प्रतिष्पर्धी बनाई समग्र कृषि प्रणालीलाई आधुनिकीकरण र व्यवसायीकरण गरिने छ ।

युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्न तरकारी खेती, मौरीपालन, मत्स्यपालन, पुष्प व्यवसाय तथा च्याउखेती आदिमा मापदण्ड बनाई अनुदान दिने नीति अवलम्वन गरिने र कृषि बाली तथा पशु बीमा कार्यक्रमलाई प्रबद्र्धन गरिनेमा जोड दिँदै प्रदेशस्तरमा कृषिसम्बन्धी ज्ञान, सीप र सूचना प्रवद्र्धन गर्न प्रदेशस्तरीय कृषि सूचना अनुसन्धान केन्द्र स्थापना गरिने नीति कार्यक्रममा उल्लेख छ ।

कृषिलाई आर्थिक समृद्धिको आकर्षक संवाहकका रुपमा चलायमान बनाउन आर्थिक वर्ष २०७५÷०७६ देखि ‘प्रदेश स्मार्ट कृषि गाउँ कार्यक्रम’ सञ्चालन गरिने उल्लेख गर्दै सरकारले कफी, अदुवा, बेसारलगायत निर्यातजन्य कृषि उपजको गुणस्तरीय उत्पादनदेखि उपभोक्तासम्म पुग्दा मूल्य शृङ्खलामा आउने अवरोध कम गर्न कृषक समूह, सहकारी तथा उद्यमीलाई वित्तीय तथा प्राविधिक सहयोगमार्फत प्रोत्साहन गरिनेमा जोड दिएको छ ।

मोनोरेल सम्भाव्यता अध्ययन 
बुटवलदेखि देवदह, रामग्राम, लुम्बिनी र कपिलवस्तुसम्म प्रदेश सरकारले पर्यटन बससेवा सञ्चालन लागि आवश्यक व्यवस्था र भैरहवा–बुटवल, नेपालगञ्ज– कोहलपुर र घोराही–तुलसीपुरमा विद्युतीय बस सेवाका लागि सम्भाव्यता अध्ययन गरिने नीति कार्यक्रममा समावेश छ ।

प्रदेशमा रहेका जैविक एवं सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यको प्रचारप्रसार गर्दै सहयोगी पूर्वाधारको निर्माण एवं पर्यटकमैत्री जनशक्ति विकास गरी आन्तरिक तथा बाह्य पर्यटनलाई रोजगारी तथा आयआर्जनको क्षेत्रका रुपमा विकास गरिनेमा जोड दिँदै नीति कार्यक्रममा पर्यटकीय गन्तव्यका लागि मोनोरेल, पदयात्रा, जैविक विविधता तथा विशेष सांस्कृतिक संग्रहालय, बगैँचा शहर, हिल स्टेशन, केवलकार आदिको विस्तृत अध्ययन गर्दै क्रमशः कार्यान्वयनमा लगिने उल्लेख छ ।

ऐतिहासिक, प्राचीन, तथा विभिन्न धार्मिक क्षेत्र र प्राकृतिक तथा मौलिक पहिचान भएका बस्ती जोड्ने गरी पर्यटकीय पदमार्गको अध्ययन गरी विकास गरिने जानकारी दिँदै सरकारले रुरु, स्वर्गद्वारी र धारापानी क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा विकास गर्न एकीकृत विकास आयोजना अघि बढाइने नीति कार्यक्रममा जनाएको छ ।

प्रदेशस्तरका पर्यटकीय सम्पदाको जानकारी तथा महत्व बुझाउन सक्ने सिपालु, सहयोगी र दक्ष पर्यटकीय पथप्रदर्शक तयार गरिने र पर्यटकका लागि सूचना, सुरक्षा र सुविधाको उपलब्धतालाई सुनिश्चत गर्न पर्यटन गुरुयोजना बनाई कार्यान्वयन गरिने बताउँदै लुम्बिनी क्षेत्रमा सदाबहार तथा सौन्दर्ययुक्त फलफूललगायत वोटविरुवाबाट हाल रहेका रुखलाई प्रतिस्थापन गरी अन्तर्राष्ट्रियस्तरको उद्यानका रुपमा विकास गरिने जनाइएको छ ।

रामग्रामदेखि तिलौराकोटसम्मको क्षेत्रलाई बुद्ध परिपथका रुपमा विकास गर्नका लागि संघीय र स्थानीय सरकार तथा निजी क्षेत्रसंग समन्वय गरी पर्यटकको बसाइ अवधि लम्ब्याउन आकर्षक कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ । रामग्रामदेखि लुम्बिनी हुँदै तिलौराकोटसम्म मोनोरेलको सम्भाव्यता अध्ययन गरिने उल्लेख गर्दै सरकारले पर्यटकीय रुपमा कपिलवस्तुको विकास गर्न प्राचीन कपिलवस्तु विकास आयोजना संचालन गर्ने र तानसेनस्थित तानसेन दरबारलाई प्रदेशको समग्र ऐतिहासिकता झल्किने गरी ऐतिहासिक संग्रहालय बनाइने बताएको छ ।

मगर र थारुबस्तीमा साँस्कृतिक प्रवद्र्धन गरी पर्यटकलाई आकर्षण गर्न घरबास र खुला रङ्गमञ्च निर्माणमा सहयोग पु¥याइनेछ । दाङको दंगिशरण गाउँपालिकामा थारु संस्कृति गाउँ तथा उद्यान निर्माणको प्रक्रिया अघि बढाइने नीति कार्यक्रममा उल्लेख छ ।

औद्योगिक सुरक्षा बलमा जोड 

औद्योगिक क्षेत्रको सुरक्षाका लागि संघीय सरकारसँगको समन्वयमा औद्योगिक सुरक्षा कल स्थापना गरिने बताउँदै सरकारले उद्योग क्षेत्रलाई प्रोत्साहन तथा प्रवद्र्धनका लागि प्रदेशमा रहेका औद्योगिक क्षेत्रको विकास गरी थप उद्योग सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार विस्तार गरिने नीति कार्यक्रममा उल्लेख छ ।

प्रत्येक स्थानीय तहमा न्यूनतम एक उद्योगग्राम स्थापना गर्नका लागि संघ र स्थानीय सरकारसँंग सहकार्य गरिने र नेपालगञ्जलाई औद्योगिक राजधानी बनाउने गरी औद्योगिक क्षेत्रका रुपमा विकास गर्ने नीति लिइने छ ।

भैरहवादेखि परासीसम्म र कपिलवस्तुको चन्द्रौटा(कृष्णनगर)लाई औद्योगिक करिडोर र दाङ उपत्यकामा औद्योगिक क्षेत्र निर्माणलाई जोड दिँदै नीति कार्यक्रममा आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र तुलनात्मक लाभका उद्योगको प्रादेशिक तहमा सम्भ्याव्यताको खोजी गरिने जनाइएको छ ।

प्रदेशमा खनिज पदार्थ तथा बहुमूल्य धातुको अन्वेषण, अध्ययन तथा सर्वेक्षण गरिने र कृषि तथा वन पैदावारमा आधारित उद्योग खोल्न प्रोत्साहन गरिने एवं औद्योगिक विकासका लागि भन्सार नाका केन्द्रित औद्योगिक कोरिडोरको विकासका लागि सम्भावित उद्योग तथा क्षेत्रको विस्तृत अध्ययन गरिने नीति कार्यक्रममा उल्लेख छ ।

कृषि, वनलगायत निर्यातजन्य वस्तुको मूल्य अभिवृद्धिका लागि आवश्यक प्रशोधन गरेर मात्र निकासी प्रबद्र्धन गर्ने नीति लिइने र कृत्रिम अभाव, गुणस्तरहीन उपभोग्य वस्तु, भ्रमपूर्ण विज्ञापन, नापतौल ठगी, एकाधिकार तथा कार्टेलिङ¬ अन्त्य गरी स्वस्थ प्रतिष्पर्धालाई प्रोत्साहन गरिने नीति कार्यक्रममा भनिएको छ ।
रासस

 

लोकप्रीय

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२

विचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२

थप समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी
ताजा समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो
अन्तर्राष्ट्रिय

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’
अन्तर्राष्ट्रिय

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक
ताजा समाचार

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२

हालका पोस्टहरू

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.