९ फागुन, काठमाडौँ । नेपाल सरकारले भारतबाट किनेको कोरोनाविरुद्धको खोप आज काठमाडौं आउँदैछ ।
पहिलो पटकमा कोभिशिल्ड खोपको १० लाख डोज आज दिउँसो काठमाडौँ ल्याउन लागिएको हो ।
सरकारले भारतबाट २० लाख डोज खोप किनेको छ । त्यसमध्ये पहिलो पटकमा १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत ल्याउन लागिएको हो । एयर इन्डियाको विमान अहिले दिउँसो साढे १ बजे नयाँदिल्लीबाट काठमाडौं प्रस्थान गर्दैछ ।
उक्त खोप त्रिभुवन विमानस्थलबाट टेकुस्थित कोल्ड रुपमा भण्डारण गरी यही फागुन २३ गतेदेखि देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य मन्त्रालयका सह(प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
यसअघि भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएको थियो । सो खोपबाटै गत माघ १४ गतेदेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको थियो ।
अहिले भारतबाट किनिएको २० लाख डोज खोपमध्ये बाँकी १० लाख डोज पनि छिट्टै प्राप्त हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।