×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

सौराहामा हात्तीपार्क निर्माण गरिने

२६ जेष्ठ २०७५

चितवन, जेठ २६
जंगल सफारीसँगै हात्तीबाट मनोरञ्जन लिनका लागि सौराहामा हात्तीपार्क बनाइने भएको छ ।

हात्ती चढेर निकुञ्ज र मध्यवर्ती सामुदायिक वन घुम्नुका साथै नदीमा नुहाउन र खेल्न हात्तीलाई प्रयोग गरिँदै आएको छ । यससँगै ज्येष्ठ उमेर भएका र सफारीमा जान नसक्ने हात्तीलाई प्रयोग गरेर हात्तीपार्क निर्माण गर्न लागिएको हो ।

Advertisement

युनाइटेड इलाफेन्ट कोअपरेटिभ सौराहाका अध्यक्ष दीपक भट्टराईले अमेरिकाको वल्र्ड एनिमल प्रोटेक्सन सेन्टरसँग सहकार्य गरी हात्तीपार्क बनाउने तयारी गरिएको बताए । सौराहा क्षेत्रमा एकै ठाउँमा ६० बिगाह हाराहारीको जग्गा खरिद गरेर वा भाडामा लिएर हात्तीपार्क निर्माण गर्ने तयारी गरिएको उनले बताए ।

हाल सो सहकारी अन्तर्गत ५७ वटा हात्ती रहेका छन् भने सहकारीमा नभएका अन्य चार हात्ती पनि निजी क्षेत्रबाट सञ्चालनमा रहेका छन् । अमेरिकाको सो संस्थाले सबै लगानी आफ्नै तर्फबाट गर्न, व्यवसायीलाई ऋण दिएर सहयोग गर्न र आधा÷आधा लगानीमा पार्क सञ्चालन गर्ने गरी तीन विकल्प दिएको अध्यक्ष भट्टराईले बताए।

उनका अनुसार ती तीन विकल्पमध्ये एउटा विकल्पमा पार्क निर्माणका लागि गृहकार्य भइरहेको छ । पार्क निर्माणसँगै हात्ती साङ्लामुक्त हुनेछन् । सो पार्कमा पर्यटकले हात्तीका गतिविधि हेर्नसक्ने छन् ।

जसका कारण पर्यटकका लागि नयाँ र थप गन्तव्य बन्नसक्ने उनको भनाई छ । हात्ती खरिद गर्दा रु ८० लाखको हाराहारी पर्ने गर्दछ । हात्तीको आयु एक सय वर्षको हुनेगर्दछ । ५० वर्षपछि ती हात्तीलाई पार्कमा राखेर पर्यटकको विशेष गन्तव्य बनाउने योजना रहेको क्षेत्रीय होटल संघ चितवन सौराहाका वरिष्ठ उपाध्यक्ष समेतरहनु भएका अध्यक्ष भट्टराईले बताए ।

क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले भविष्यमा हात्तीको अभावमा जंगल सफारी बन्द हुने अवस्था भएमा पर्यटकलाई विकल्पको गन्तव्यका रुपमा पार्क बनाउन सकिने बताए।

उनका अनुसार हाल महँगो मूल्यमा हात्ती खरिद गर्नुपर्ने बाध्यता छ । एउटा हात्तीलाई गर्भधारणका लागि २२ महिना कुर्नु पर्नेहुन्छ ।

अहिले भएका हात्ती बूढो हुँदै जाँदा सफारीका लागि धेरै हात्ती पाउन मुस्किल पर्नसक्ने भन्दै समयमा नै पार्क निर्माण गरी भविष्यमा हात्तीसँग खेल्न र आनिबानी हेर्न रुचाउने पर्यटकका लागि विकल्पको खोजीका रुपमा पार्क बनाउन लागिएको अध्यक्ष घिमिरेले बताए ।

नेपालमा भारतीय क्षेत्रबाट हात्ती खरिद गरी ल्याउने गरिन्छ । निजीसंँगै यहाँको चितवन राष्ट्रिय निकुञ्जमा हाल ५७ वटा सरकारी हात्ती छन् । विगत लामो समययता निकुञ्जको आफ्नै प्रजनन केन्द्रमा हुर्काइएका हात्तीले निकुञ्जलाई हात्ती पूर्ति गर्दैआएको छ ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार केही वर्ष पहिला भारतलाई चार गैँंडा उपहार दिँदा १६ हात्ती भारतले नेपाललाई दिएको थियो ।

Advertisement

तत्कालीन राजा वीरेन्द्र शाह हुँदा थाइल्याण्डले पनि एउटा हात्ती नेपाललाई उपहार दिएको थियो । ठूलो वन्यजन्तु र मानिससँग घुलमिल गराउन सकिने भएकाले मानवजाति हात्तीसँग रमाउने गर्दछन् ।
रासस

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top