१४ फागुन, काठमाडौँ । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा शुक्रवार भएको पहिलो खेलमा सातदोबाटोले खुमलटारलाई ३-२ले हराएको हो ।
सातदोबाटोका दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले एक/एक गोल गरे । खुमलटारका सविन केसी र आदिल हमिदले एक/एक गोल फर्काए ।
जितसँगै सातदोबाटो सात खेलमा १९ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । खुमलटार १६ अङ्कका साथ दोस्रो स्थानमा छ ।
यस्तै अहिले साढे तीन बजे एन्फा मैदानमै मध्यपुर युथ एसोसिएशन र टुसाल क्लब खेल्दैछन् । टुसाल आठ अङ्कसहित सातौँ स्थानमा छ भने पुछारमा रहेको मध्यपुरको एक अङ्क छ ।