×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

प्रदेश–१ को नीति तथा कार्यक्रम सार्वजनिक( नीति तथा कार्यक्रमको पुर्णपाठसहित )

२८ जेष्ठ २०७५

विराटनगर, जेठ २८
कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर प्रदेश नम्बर १ को सरकारले आगामी आर्थिक वर्ष २०७५÷०७६ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कृषिबाट मात्रै प्रदेशको समग्र आर्थिक उन्नति हुने निष्कर्षका साथ प्रदेश सरकारले भूमिको वर्गीकरण गरी भू–उपयोग नीति तयार पार्ने योजना अघि सारेको छ ।

आइतबारको संसद बैठकमा प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्वाहाङले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
“गरिबी निवारण तथा समृद्धिको सन्दर्भमा भूमिको व्यवस्थापन तथा कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व र व्यवसायीकरण गर्ने कार्य महत्वपूर्ण रहेको छ,” नीति तथा कार्यक्रममा भनिएको छ, “यस परिप्रेक्ष्यमा प्रदेश सरकारले भू–उपयोग नीति तयार गरी त्यही आधारमा कृषि, वन, उद्योग, आवास आदिको वैज्ञानिक रुपमा भूमिको वर्गीकरण गरी प्रदेशमा उपलब्ध जमिनको अधिकतम उपयोग गर्ने नीति अवलम्बन गरिनेछ ।”

Advertisement

भूउपयोग नीति नहुँदा जग्गाको सही रुपमा प्रयोग हुन सकेको छैन । जथाभावी प्लटिङ हुँदा खेतीयोग्य जमिन दिनानुदिन घट्दै गइरहेको छ ।
प्रदेशको अर्थिक समृद्धिमा कृषिलाई पहिलो प्राथमिकता दिई कृषिलाई पूूर्णरुपमा व्यवसायीकरण तथा औद्योगिकीकरण गर्दै लाने नीति लिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश सरकारले सरकारी, सहकारी र निजी क्षेत्रलाई आर्थिक विकासका परिपुरक निकायका रुपमा अघि बढाउन सार्वजनिक–सहकारी–निजी, सार्वजनिक–निजी, सार्वजनिक–सहकारी र निजी–सहकारी साझेदारी पक्षलाई रणनैतिक महत्वका साथ अगाडि बढाउने भएको छ ।

“कृषि, पशुपंक्षी, वनजन्य उत्पादनको व्यवसायीकरण र जैविक ऊर्जाको एकीकृत प्रर्वद्धन गर्न सहकारी संस्थाहरु वा निजी क्षेत्रलाई समेत वस्तुगत मापदण्ड र आधार तोकी अनुदान र सहुलियतपूर्ण ऋण, कृषि बिमा र उत्पादनको बजार सुनिश्चित गर्ने कार्यक्रम सञ्चालन गरिनेछ,” सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, “संघीय सरकारको कार्यक्रमसँग आबद्धता गरी किसान परिचयपत्रको व्यवस्थालाई समेत प्रभावकारी बनाइनेछ ।” कृषियोग्य जमिनलाई व्यावसायिक कृषिको रुपमा विकास गर्न चक्लाबन्दी प्रणालीलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

आगामी ५ वर्षभित्र कृषिजन्य वस्तुहरुको उत्पादन निर्यात गर्न सक्षम तुल्याइने नीति लिइनेछ । कृषि उपजको निकासका लागि आन्तरिक बजार विस्तारका साथै छिमेकी देशहरु भारत, बंगलादेश, चीन तथा अन्य मुलुकहरुमा बजारीकरणका लागि सहजीकरणको पहल गर्ने नीति प्रदेश सरकारले अघि सारेको छ ।

ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु जिल्लालाई जडीबुटी उत्पादन र प्रशोधन हबको रुपमा विकास गर्ने योजना सरकारको छ । त्यस्तै तराईको हुलाकी राजमार्ग दक्षिण मेचीको केचनादेखि कोशी भण्टाबारीसम्मको क्षेत्रलाई विशेष आर्थिक करिडरको रुपमा विकास गर्दै तरकारी र अन्न उत्पादनमा जोड दिई आगामी पाँच वर्षभित्रमा गरिबी न्यूनीकरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले अल्पकालीन र दीर्घकालीन योजना अघि सारेको छ । १७ पृष्ठ लामो नीति तथा कार्यक्रममा प्रदेशका विभिन्न विषय समेटर १ सय १५ बुँदामा समेटिएको छ ।

नीति तथा कार्यक्रममा आगामी निरपेक्ष गरिबी हटाउने, गरिब पहिचान गरी परिचयपत्र वितरण गर्ने, सोही परिचयपत्रका आधारमा रोजगारीको अवसर गर्ने उल्लेख छ । यस्तै प्राविधिक तथा जीवनउपयोगी प्राविधिक शिक्षाको व्यवस्था गर्ने र कृषि क्षेत्रको विकासका लागि कृषिमा आधारित उद्योग स्थापनालाई प्राथमिकता दिइने उल्लेख छ ।

कार्यक्रममा व्यवसायीकरण गर्नका लागि निजी क्षेत्रलाई सँगै लिएर जाने उल्लेख गरिएको छ । निजी क्षेत्र, सहकारी र सरकारी तीनै क्षेत्रलाई एकीकृत ढंगले लगानी गर्ने र विकास गर्ने पनि प्रमुख तुम्बाहाङले उल्लेख गरे । यस्तै प्रदेशमा आगामी ५ वर्षभित्रमा ४५ सय मेगावाट विद्युत उत्पादन पनि आफैंले गर्ने उल्लेख छ । पर्यटनको विकासका लागि सरकारले केबलकार तथा जलयातायातलाई पनि प्राथमिकतामा राखेको छ । पर्यटन क्षेत्रको विकासका लागि विशेष क्षेत्रहरुको प्राथमिककीकरण गरेर विकास गरिने कार्यक्रममा उल्लेख छ । यस्तै पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गर्ने, आगामी सन् २०१९ लाई पर्यटन महोत्सव वर्ष र २०२० देखि २०२२ सम्मलाई पर्यटन वर्ष घोषणा गरिने सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

प्रदेश सरकारले आगामी ५ वर्षभित्रमा प्रदेशभित्र ५ लाख पर्यटक भित्र्याउने पनि उल्लेख गरेको छ । सरकारले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा खेलमैदान तथा रंगशाला निर्माणका लागि स्थानीय सरकारसँग समन्वय गरिने पनि उल्लेख गरेको छ । यस्तै प्रदेशमा ज्येष्ठ नागरिकको सुरक्षाका लागि प्रत्येक वडामा ज्येष्ठ नागरिक सहायता केन्द्र तथा पालिकास्तरीय वृद्धाश्रम पनि निर्माण गरिने उल्लेख छ ।

कार्यक्रममा भद्रपुर विमानस्थलको सुधार गर्ने, प्रदेशको पानी जनताको लगानी, घरघरमा बिजुली जनजनमा सेयर कार्यक्रम लागू गर्ने, चतरादेखि किमाथांकासम्मको जलयातायातको सम्भाव्यता अध्ययन गर्ने, ५ वर्षभित्र प्रत्येक घर–घरमा बिजुली पु¥याउने, ५ वर्षभित्रमा सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने, विराटनगरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्ने, केबलकार स्थापनाका लागि विभिन्न उद्योग स्थापनामा ५ वर्षसम्मका लागि कर नलिने, सबै स्थानीय तहमा सडक सञ्जाल जोड्ने, गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि प्रत्येक स्वास्थ्य संस्थामा चिकित्सकको व्यवस्था गर्ने, प्रत्येक विद्यालयमा इन्टरनेट पु¥याउने, जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउने, प्रदेशस्तरीय जातीय संग्रहालय निर्माण गर्ने, बेरोजगारको लगत संकलन गर्ने र एक परिवार एक रोजगार कार्यक्रम संचालन गर्ने लगायतका कार्यक्रम उल्लेख छ ।

यसैबीच १ नम्बर प्रदेश सरकारले संसदमा आइतबार प्रस्तुत गरेको नीति तथा कार्यक्रमको प्रतिपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ । बजेट आउनु पूर्व ल्याइएको नीति तथा कार्यक्रम आश्वासनको पोको मात्रै भएको र सरकारको बजेटले नधान्ने खालको भएको कांग्रेसका संसदीय दलका सचेतक केदार कार्कीले बताए ।

उनले जनतालाई ठग्ने खालको कार्यक्रम आएको भन्दै आलोचना पनि गरे। यता संघीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता जयराम यादवले घोषित नीति तथा कार्यक्रमले प्रदेशका सबै जिल्लालाई समान ढंगले नहेरेको बताए । हरेक जिल्लालाई प्राथमिकता दिँदै नमूना कार्यक्रम ल्याएको भए उपर्युक्त हुने भन्दै उनले ७० प्रतिशत नीति तथा कार्यक्रम लागू भए प्रदेश समृद्ध बन्ने दिशामा भने देखिएको बताए। नीति तथा कार्यक्रमको विषयमा प्रतिक्रिया दिँदै उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका बरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले धेरै कुरा सकारात्मक भएको बताए ।

बजेटले जलस्रोत, पर्यटन र कृषि क्षेत्रको विकासमा ध्यान दिएको बताउँदै उनले नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था आउने हो भने प्रदेश समृद्ध बन्नसक्ने बताए । उद्योग स्थापना गर्दा व्यहोर्नुपर्ने समस्या समाधानमा पनि प्रदेश सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

नीति तथा कार्यक्रमको पुर्णपाठ हेर्न तल click गर्नुहाेस्

Advertisement

प्रदेश_सरकार

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top