२५ फागुन, विराटनगर । नेपालमा आज मात्र ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७४ हजार ८६९ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ९८७ पुगेको छ ।
कोरोना संक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ ।
देशभर आज सक्रिय संक्रमित ८७० छ भने क्वारेन्टिनमा जम्मा ५६ जना मात्र छन् ।