बिभिन्न मुद्दाका फरार तीन पक्राउ

२९ जेठ ७५, बुधबार

विराटनगर, जेठ ३०
प्रहरीले मोरङ र उदयपुर जिल्लाबाट बिभिन्न मुद्दाका फरार तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा केही सार्वजनिक मुद्दाका मोरङ विराटनगर–१५ बस्ने मन्जर आलम, सोही मुद्दाका रुपेश कुमार यादव र चोरी मुद्दाका उदयपुर चौदण्डीगढी नगरपालिका–५ बस्ने रहिम मियाँ छन।

इलाका प्रहरी कार्यालय रानी र सुन्दरपुरको टोलीले उनीहरुलाई विशेष सुराकी परिचालन गरी मंगलबार बिहान घर वतनबाटै पक्राउ गरेको हो।

Advertisement

तीनै जनालाई मंगलबार नै सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top