लकडाउन अवधिको शुल्क मिनाहा नगरेको भन्दै विद्यार्थी आन्दोलित

लकडाउन अवधिको शुल्क मिनाहा नगरेको भन्दै विद्यार्थी आन्दोलित

६ चैत, सुनसरी । सुनसरीको इटहरीका निजी विद्यालयहरुले लकडाउनको समयमा समेत शुल्क असुल्न खोजेको भन्दै ११ र १२ कक्षाका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।

इहटरी उप–महानगरपालिको शिक्षा शाखाले पाँच महिनाको शुल्क मिनाहा गर्न निर्देशन दिए पनि हिसानले अटेर गरी शुल्क उठाएको विरोधमा विद्यार्थी आन्दोलित भएका हुन् । उनीहरुले केहीबेर सडक जाम समेत गराएका थिए ।

उनीहरुको आन्दोलनमा अन्‍य विद्यार्थी संगठनहरुले पनि ऐक्यवद्घता जनाउँदै लकडाउन अवधिको शुल्क मिनाहा गर्न माग गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.