×

NEPAL TIMES UPDATES

Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026

साथीहरु त स्कुल जान्छन्, म पढ्न गए मेरो कापी, किताब खर्चमै समस्या हुन्छ

७ चैत्र २०७७

७ चैत्र, टीकापुर ।
बालबालिकाले पढ्न पाउने अधिकारलाई नेपालको संविधानले सुरक्षित गरेको छ तर छोरीहरु पढ्ने, खेल्ने उमेरमा हिलो र माटोमा श्रम बगाउन बाध्य छन्।

पारिवारिक समस्या अभिभावकको कमजोरीका कारण पढ्ने चाहना हुँदाहुँदै पनि कतिपय छोरीहरु श्रमिकका रुपमा उद्योग, इँटाभट्टा तथा घरमा कडा श्रम गरेर जीविका चलाइरहेका छन्।

टीकापुर नगरपालिका–१ विजयनगरकी अन्जुमा चौधरी घर लिप्दै थिइन्। चौध वर्षीय अन्जुमाको दैनिकी साँझ बिहान घरको काम र दिउँसो इँटाभट्टामा बित्ने गरेको छ। अन्जुमा टीकापुरकै खड्ग स्मृति मावि टीकापुरमा कक्षा ७ मा पढ्दै थिइन्।

तर अहिले उनलाई पढाइ छोडेर अहिले आमाबुबासँग काम गर्नुपर्ने बाध्यता बनेको छ। गत माघदेखि विद्यालय छोडेर आमाबुबासँगै स्थानीय एक इँटा उद्योगमा काम गर्न थालेकी हुन् उनले। पढाइलेखाइ गर्ने रहर शक्ति भए पनि गरिबीका कारण पढाइ छोडेर श्रममा लागेको बताउँछिन् उनी।

साथीहरु विद्यालय जान्छन्, मेरो मन पोल्छ। रहर र पढ्ने जाँगर नभएको होइन, अन्जुमा भन्छिन्, घरको अवस्था कमजोर छ। बुबाआमाको काममा सघाएमा परिवार पाल्न सजिलो हुन्छ। म पढ्न गए मेरो कापी, किताब खर्च र मेरो पालनपोषण व्यवस्थापनमा समस्या हुन्छ।

पढ्ने, लेख्ने उमेरमा सबै नानीबाबुलाई शिक्षाको पहुँचमा पुर्‍याउन शिक्षालाई संविधानले मौलिक हकको रुपमा राखेको छ। संविधानले आधारभूत तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क तथा मावि तहसम्म निःशुल्क गरेको छ तर घरायसी कारणले शिक्षा सबैको पहुँचमा पुग्न सकेको देखिँदैन।

टीकापुरकी सावित्री चौधरी पनि विद्यालय छोडेर घरको काममा लाग्नुपरेको छ। सावित्रीले पनि घरको आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय छोडेको बताइन्। हामी गरिबीमा हुर्किरहेका छोरीहरुका आफ्ना सपना हुँदैनन्।

हामीले घरको अवस्थाअनुसार आफूलाई बदल्नुपर्छ, सवित्री भन्छिन्, ठूली भएकी छोरीले घर सम्हालेमा बुबाआमाले ज्यालादारी गर्न सहज हुन्छ। त्यही कमाइले घर चल्छ। त्यसैले पढाइ छोडेँ।

आर्थिक विपन्नताको कारण विद्यालय पढाउन नसक्ने नानीबाबु र अभिभावकको पहिचान गर्नु सके पढ्ने उमेरमा नानीबाबु विद्यालयको पहुँचभन्दा बाहिर जान पाउँदैनन्।

विद्यालयमा निःशुल्क तथा अनिवार्य शिक्षा भने पनि कापी कलमसम्म किन्न नसक्नेका लागि केही सहुलियत भए अभिभावकलाई सहजता हुने अभिभावक लक्षिराम चौधरीको भनाइ छ।

शिक्षा निःशुल्क छ तर पढ्नका लागि कापी, किताब, पोशाकलगायत अन्य खर्च जुटाउन समस्या हुन्छ, चौधरी भन्छन्, स्थानीय सरकारले यस्ता बालबालिकाको सबै खर्चको जिम्मा लिनुपर्छ।

विपन्न अभिभावकले श्रम गर्ने उमेर पुगेका बालबालिकालाई विद्यालय छुटाएर श्रममा लगाउन खोज्नाले बालबालिकाको भविष्य बिगर्न थालेको छ। विद्यालय जाने उमेरका नानीबाबु शिक्षाबाट वञ्चित नहोउन भनी पढाइमा केही टेवा पुर्‍याउनका लागि सबै विद्यालयमा छात्रवृत्तिको व्यवस्था हुने गरेको छ।

आर्थिक विपन्नता तथा घरायसी कारणले पढ्न नपाएका बालबालिको शिक्षाका लागि विद्यालय तथा सम्बन्धित निकायमार्फत पढ्ने वातावरण बनाउने जिम्मा सरकारको रहेको कैलालीको जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडीले बताए।

सरकारले विभिन्न क्षेत्रबाट छात्रवृत्ति दिइरहेको हुन्छ। अभिभावकले पनि चासो राखेर छात्रवृत्ति लिने कोशिश गर्नुपर्छ, कपाडीले भने, अभिभावकले कमजोरी देखाएर छोराछोरीलाई शिक्षा आर्जन गर्नबाट बञ्चित गराउन पाइँदैन, अति समस्यामा रहेका बालबालिकाको शिक्षामा सघाउन पालिका तयार छ।

पढ्ने, खेल्ने उमेरमा माटो, ढुङ्गा र हिलोसँग श्रम खर्चिन कसैलाई रहर हुँदैन। रमाइलोका लागि बालबालिका खेल्नु र श्रम गरेर आर्थिक बोझमा थिचिनुमा फरक रहेको बालश्रम न्यूनीकरणमा लागेका बताउँछन्।

सरकारले असहाय, अनाथ र संरक्षक नभएका बालबालिको अभिभावकत्व लिन सरकारी स्वामित्वमा २०३० सालदेखि नै काम गरिरहेको छ। नेपाल बाल सङ्गठनअन्तर्गत कैलालीमा रहेको नेपाल बाल सङ्गठन कैलालीमा विसं २०७० पछि संस्थामा एक जना पनि बालबालिका भने छैनन्।

बाल सङ्गठन कैलालीका अध्यक्ष चूडामणि भट्ट कमजोर आय भएका, बालश्रममा रहेका बालबालिकालाई शैक्षिक सामग्री सहयोगजस्ता कार्य अगाडि बढाउन आवश्यक रहेको बताउँछन्।

नानीबाबुलाई पढ्ने उमेरमा पढाइ छुटाएर काममा लगाउनु गलत हो तर पनि नानीबाबु श्रम गर्न बाध्य छन्। अधिवक्ता गम्भीरसिंह ऐर यसरी बालबालिकालाई श्रममा लगाउन नपाइने बताउँछन्।

पढ्ने उमेरका बालबालिकाई श्रममा लगाउन पाइँदैन, उनीहरुलाई श्रममा लगाएमा उमेर हेरेर सजायको व्यवस्था छ, उनी भन्छन्, बालबालिका देशको भविष्य भएकाले यिनीहरुको संरक्षण र शिक्षादीक्षाको जिम्मा अभिभावक, समाज र राष्ट्रको हो। बालबालिकाले ढुक्कले पढ्न पाउने वातावरण तयार गर्ने जिम्मा सरकारको हो।

उनले १८ वर्षमुनिका बालबालिकालाई उद्योग, कलकारखानामा कामदार तथा श्रमिकका रुपमा लगाउनै नमिल्ने बताए। स्थानीय सरकारले आफ्नो पालिकामा भएका बच्चाको शिक्षाको जिम्मा लिनुपर्‍यो, उनले भने, घरायसी कामको चाप तथा अभिभावकको समस्याका कारण पढ्न नपाउँदा नानीबाबुको भविष्य अन्धकार बन्नबाट जोगाउन स्थानीय सरकारले जिम्मा लिएर बालश्रम रोक्न सकिन्छ।(रासस)

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top