रामचन्द्र पौडेलले बोलाए आफू निकटका नेताहरूको भेला

रामचन्द्र पौडेलले बोलाए आफू निकटका नेताहरूको भेला

८ चैत, काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकटका नेताहरूको भेला बोलाएका छन्।

स्रोतका अनुसार पौडेल निवास बोहराटारमा आज दिउँसो २ बजेका लागि पौडेलले भेला राखेका छन्।

सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक नबोलाएको, प्रधानमन्त्री केपी शर्मा ओली सरकार ढाल्न अग्रसरता नदेखाएको तथा १४ औं महाधिवेशन तयारीका लागि गर्नुपर्ने कामहरू नभएकोमा ध्यानाकर्षण गराउन बैठक बोलाइएको एक नेताले बताए।

गत साता पौडेलले महामन्त्री शशांक कोइराला निवासमा आफू निकटका नेताहरूको भेला गरेर प्रधानमन्त्रीबाट ओलीको विकल्प खोज्नुपर्ने बताएका थिए।

बैठक सकेर उनले सभापति देउवालाई फोन गरेर सरकारको नेतृत्व कांग्रेसले लिने गरी माओवादी केन्द्र र जसपासँग कुराकानी गर्न भनेका थिए।

तर देउवाले नयाँ सरकार बनाउन चासो देखाएका छैनन्। उनले परिस्थिति अनुकूल भइनसकेको र संसदमा अझै पनि ओली बहुमतमा रहेको बताउने गरेका छन्।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिएकोले अहिले परिस्थिति परिपक्क भइनसकेको देउवाको भनाइ छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.