१० चैत्र, काठमाडौं ।
आज दिउँसो प्रतिनिधिसभाको बैठक बस्दैछ ।
नयाँ बानेस्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।
संसद सचिवालयले आज बस्ने बैठकको सम्भावित कार्यसूची पनि तय गरेको छ ।
जसअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६-७७ को वार्षिक प्रतिवेदन’ र ‘महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६-७७ को वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्नेछन् ।
यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन २०७७’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ ।