×

NEPAL TIMES UPDATES

Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026

अमेरिका र यूरोपेली देशहरूले चीनमाथि लगाए नयाँ प्रतिबन्ध

१० चैत्र २०७७

१० चैत्र, एजेन्सी ।
अमेरिका र यूरोपेली देशहरूले चीनविरुद्ध नयाँ प्रतिबन्ध लगाएका छन्।

अल्पसंख्यक उइगुर मुसलमानमाथि उत्पीडन र ज्यादती गरेको आरोपमा चीनविरुद्ध प्रतिवन्ध लगाइएको हो ।

उइगुरहरू चीनको उत्तर–पश्चिमी क्षेत्र सिञ्जियाङमा बस्छन्। त्यहाँ चीनले यातनागृह नै बनाएर मुसलमानहरूलाई हिरासतमा राखेको आरोप लाग्ने गरेको छ।

क्याम्पभित्र तारन्तार यातना दिने, जबरजस्ती काम लगाउने र महिलाहरूमाथि यौन उत्पीडनसम्म गर्ने गरेको पश्चिमाहरूले दाबी गरेका छन्।

चीनविरुद्ध पछिल्लो प्रतिबन्ध लगाउने देशहरूमा अमेरिका, क्यानडा, बेलायत र यूरोपेली संघका देशहरू रहेका छन्।

चीनले भने उइगुर मुसलमानमाथि कुनैपनि प्रकारको अत्याचार नगरेको र क्याम्प पुनर्शिक्षा केन्द्र मात्रै भएको बताउने गरेको छ।

तर, बेलायती विदेशमन्त्री डोमिनिक राबले चीनको क्याम्पभित्र उइगुर मुसलमानमाथि भएको उत्पीडन यो समयकै सबैभन्दा गम्भीर मानवअधिकार संकट भएको बताएका छन्।

अन्तरराष्ट्रिय समुदायले यो अत्याचार देख्दादेख्दै आँखा चिम्लिन नसक्ने उनले तर्क गरेका छन्‌।

यूरोपेली संघले सन् १९८९ मा भएको तियानमेन चोक नरसंहारपछि चीनविरुद्ध मानवअधिकार उल्लंघनको आरोपमा प्रतिबन्ध लगाएको थिए।

सन् १९८९ मा चीनका सैनिकले लोकतन्त्र समर्थन प्रदर्शनकारीहरूमाथि तियानमेन चोकमा गोलाबारी गरेका थिए।

पछिल्लो प्रतिबन्धमा सिञ्जियाङ प्रान्तका वरिष्ठ अधिकारीहरूलाई पश्चिमाहरूले निशाना बनाएका छन्। उनीहरूमाथि उइगुर मुसलमानको मानवअधिकार हनन गरेको आरोप लगाइएको छ।

ती अधिकारीहरूमाथि यात्रा प्रतिबन्ध र विदेशमा रहेको उनीहरूको सम्पत्ति समेत जफत गर्नेसम्मको कारबाही हुनेछ।

मानवअधिकार समूहहरूले चीनमा १० लाख भन्दा धेरै उइगुर मुसलमानहरू हिरासतमा रहेको, चीन सरकारले जबरजस्ती उइगुर महिलाहरूको परिवार नियोजन गराएको तथा बच्चालाई परिवारबाट अलग गरेको बताउने गरेका छन्।

यसअघि बीबीसीले तयार गरेको खोजी रिपोर्टमा पनि उइगुर महिलाहरूमाथि बलात्कार, उत्पीडन र योजनाबद्ध शोषण भएको तथ्य सार्वजनिक भएको थियो। बीबीसीमाथि चीनले प्रतिबन्ध लगाइसकेको छ।

यी हुन् प्रतिबन्ध खेप्नेहरू

अमेरिकी र यूरोपेली देशको प्रतिबन्ध खेप्नेमा सिञ्जियाङ सार्वजनिक सुरक्षा ब्यूरोका निर्देशक चेन मिनग्वाओ पनि छन्। उनीमाथि मानवअधिकार उल्लंघनमा गम्भीर आरोप लागेको छ।

वरिष्ठ चिनियाँ अधिकारी वाङ मिङसान र वाङ जुनझेङ तथा सिञ्जियाङकै कम्यूनिष्ट पार्टीका पूर्व उप–महासचिव झु हाइलुनमाथि पनि प्रतिबन्ध लगाइएको छ।

सिञ्जियाङ प्रोडक्शन एन्ड कन्स्ट्रक्सन कर्प्स पब्लिक सिक्यूरिटी ब्यूरोमाथि पनि प्रतिबन्ध लागेको छ। त्यहाँ अर्का शीष अधिकारी जेन क्वानग्वाओले पनि प्रतिबन्ध खेपेका छन्।

चीनको प्रतिक्रिया

नयाँ प्रतिबन्धलाई चिनियाँ अधिकारीहरूले झुठ र गलत सूचनामाथि आधारित कदम भएको बताएका छन्।

अब यूरोपेली संघका १० व्यक्ति र चार संस्थामाथि आफूले पनि प्रतिबन्ध लगाउने चीनले चेतावनी दिएको छ।

यी व्यक्ति र संस्थाहरू चीनको सम्प्रभुता र राष्ट्रिय हितविरुद्ध गलत प्रचारमा व्याप्त भएको चिनियाँ अधिकारीहरूले आरोप लगाएका छन्।

यूरोपेली सांसद दलको नेतृत्व गरेका जर्मन नेता राइनहार्ड बूतीकाँफर चिनियाँ प्रतिबन्ध लाग्नसक्ने व्यक्तिहरूको सूचीमा छन्।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top