देवानगञ्ज गांउपालिकामा छाँया सरकार

देवानगञ्ज गांउपालिकामा छाँया सरकार

विराटनगर,असार ४
सुनसरीस्थित देवानगञ्ज गांउपालिकाले निरंकुश र हुकुमी शैलीमा कार्यसम्पादन गरिरहेको सरोकारवालाले आरोप लगाएका छन ।

गांउपालिका प्रमुखले संघीय समावेशी लोकतन्त्रको भावना विपरीत एकलौटी र मनपरी ढंगले कार्यसम्पादन गरिरहेको भन्दै नेपाल कम्यूनिष्ट पार्टी र संघीय समाजबादी फोरमका स्थानिय प्रतिनिधिले छाँया सरकार प्रतिपक्ष संघर्ष समिति गठन गरेर गांउपालिकाको गतिविधिको बिरोध गरेका छन ।

उनीहरुले मनपरी र एकलौटी ढंगले हुने गतिविधिलाई तत्काल रोक्न माग गर्दै गांउपालिका प्रमुखलाई ध्यानाकर्षणपत्र बुझाएका छन । समितिका संयोजक बेचनप्रसाद मेहताको नेतृत्वमा गांउपालिका पुगेको टोलीले आईतबार गापा प्रमुख लालीप्रसाद मेहतालाई सो बिषयको पत्र बुझाएको हो ।

ज्ञापन बुझाउँदै समितिका अध्यक्ष मेहताले सरकोकारवालासंग छलफल र सहकार्य नगरी स्वार्थपूर्ण ढंगले योजना छनौट गर्ने गरिएको र गांउपालिकासंग सम्बन्धित विकास निर्माण लगायतका विषयको सूचना निवेदन दिएर माग गर्दासमेत गांउपालिकाले दिन नमानेको आरोप लागाए।

समितिले गांउपालिका प्रमुखलाई सुचनाको हक,भ्रष्टाचार उन्मुलन सहितका विभिन्न १५ वटा बुँदा समेटिएको ध्यानाकर्षण पत्र बुझाएको हो । गांउपालिकासंग सूचना माग गर्नजांदा सम्बन्धित ब्यक्तिहरुले हकार्ने गरेको स्थानीयबासीले गुनासो गरेका छन ।

ध्यानाकर्षणपत्र बुदै गांउपालिका प्रमुख मेहताले सबैप्रकारको सूचनादिन गांउपालिका प्रतिबद्ध रहेको बताए। उनले ज्ञापनमा उल्लेख गरिएका बुंदाहरुलाई आफुले गम्भीरता पुर्वक लिएको पनि बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.