५ वैशाख, काठमाडौं । उच्च जोखिममा रहेका बालबालिकामा कोरोना संक्रमण फैलने क्रम बढ्दै जान थालेको छ ।
स्वास्थ्य मन्त्रालयले थप १ सय १२ बालबालिकामा कोरोना पुष्टि भएको बताएको छ । १९ वर्ष मुनिका १ सय १२ मध्ये ९ वर्षसम्मका २१ र १० देखि १९ वर्ष उमेर समूहका ९१ बालबालिकामा संक्रमण भएको भेटिएको हो । यसअघि शनिबार ९१ बालबालिकामा कोरोना पुष्टि भएको थियो ।